वीरगन्ज १९ माघ । वीरगन्जको लिपनीविर्तामा रहेको आवर संसारमा आश्रित अभिभावक विहीन बालकसंग सभासद अनिल रुगटाले आफ्नो जन्मोत्सव मनाउनु भएको छ ।
५१ औं जन्मोत्सवको अवसरमा सपरिवार आवर संसार पुग्नु भएका रुगंटाले त्याहा आ,ीत वालवालिकाहरुसगै केक काट्नु भएको थियो । सफल उद्यमी समेत रहनु भएका रुगंटाले उपहार स्वरुप आवर संसारमा आश्रित २१ बालकलाई ट्रयाक सुट सेट प्रदान गर्नु भएको थियो ।
बालकहरुले पनि रुंगटालाई आफैले बनाएको पोस्टकार्डमा जन्मदिनको शुभकामना दिए । जन्मोत्सव आफूहरसंग मनाएकाले बालकहरुले खुसी प्रकट गरेका थिए ।
यसअघि विहान सभासद रुंगटाले जन्मोत्सवकै अवसरमा नारायणी अस्पतालका गरिब असहाय विरामीका लागि कम्बल र बेड सिट वितरण गर्नु भएको थियो ।
अस्पतालको सभाकक्षमा आयोजित कार्यक्रमका बीच रुगटाले निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.सुरेन्द्र चौधरीलाई एक सय थान कम्बल र एक सय थान बेड सिट प्रदान गर्नु भएको हो ।
‘अस्पतालसंग सहकार्य गरि आवश्यक साम्रगी हस्तान्तरण गरेको हु’ रु“गटाले भन्नु भयो , ‘भविष्यमा पनि गरीब असहायका लागि निरन्तर सहयोग जारी राख्छु ।
’ अस्पताललाई आवश्यक परेका सामग्री उपलब्ध गराइदिएकोमा अस्पताल प्रशासनले सभासद एवं उद्योगी रुगटालाई आभार प्रकट गरेको थियो ।
तपाईको प्रतिक्रिया