logo

अवैध हतियार सहित महुवनका कलवार पक्राउ

 इसीमाना सम्वाददाता     २०७८ सावन ४ गते ०२: १८ मा प्रकाशित     570   पटक पढिएको

इजाजत नभएको एक थान एयरगन सहित प्रहरीले सखुवा प्रसौनी गाउँपालिका वडा नं ५ महुवनका ६० वर्षिय रामबाबु प्रसाद कलवारलाई पक्राउ गरेको छ । 


कलवारको घरमा गैरकानूनी रुपमा हतियार राखिएको सूचना पाएको आधारमा प्रहरीले सोमवार बिहान घर खानतलासी गरेको थियो ।

 

बिधि अनुसार घरको खानतलासी गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिनु भयो ।

 

महुवन प्रहरी चौकीको टोलीले कलवारको घर खानतलासी गरेको हो । खानतलासी गर्दा कलवार सुत्ने कोठाभित्र लुकाइ छिपाई राखिएको एयर गन १  थान बरामद गरिएको हो ।

 

प्रहरीले हतियार सहित कलवारलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय पोखरियामा पठाएको छ ।  हात हतियार सम्बन्धी कसूरमा अनुन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.