बीरगंज महानगरपालिका वडा नं १४ लिङ्करोड पिपराटोल विकास समितिले सिसिटिभी जडानको लागि जिल्ला प्रहरी कार्यालय, पर्साको ध्यानाकर्षण गराएको छ ।
टोल बिकास संस्थाका अध्यक्ष हरि गौतमको नेतृत्वमा गएको टोलवासीको टोलीले पर्साका प्रहरी नायव उपरिक्षक ओमप्रकाश गौतमलाई भेटेर सीसी क्यामरा जडानको वतावरण बनाउन माँग गरेको हो ।
भेट प्रहरी नायव उपरिक्षक खनालले आफनो तर्फबाट बनाउनु पर्ने सबै वतावरण बनाउने प्रतिवद्धता जनाउनु भयो ।
लिंकरोड पिप्रामा बिकास भएको बस्ती र महत्वपूर्ण क्षेत्रका ब्यक्तिहरुको आवास क्षेत्र समेत रहेकोले सुरक्षाको अवस्था सम्बेदनशिल हुदै गएकोले सीसी क्यामरा जडानकोलागि पहल शुरु गरिएको अध्यक्ष गौतमले बताउनु भयो ।
लिंकरोड अनधिकृत कारोवार ओसार पसार गर्ने सुरक्षीत क्षेत्र समेत बनेकोले टोलवासीलाई चिन्तित बनाएको उहाँले बताउनु भयो । टोलीका टोल बिकास समितिका सचिव ऋषि सत्याल ,संजय तिवारी सल्लाहकार डा. अशोक दास र के.सी.लामिछानेको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया