logo

एक थान हतियार सहित एक होटेलबाट तीन युवा पक्राउ 

 इसीमाना सम्वाददाता     २०७८ सावन ११ गते ०८: ५४ मा प्रकाशित     614   पटक पढिएको

पर्सा प्रहरीले हतियार सहित ३ जनालाई बीरगंजबाट  पक्राउ गरेको छ ।  

 

वीरगञ्ज महानगरपालिका वडा नं .१५ लक्ष्मणवा चोकस्थित एक होटलबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

 

सानो हतियारको कारोवार गरिरहेको सूचना पाएको आधारमा प्रहरीको प्रदेश २ र जिल्ला प्रहरी पर्साको टोलीले कारवाही गरेको हो ।

 

राती साढे ९ बजेको समयमा होटेलमा  खाजा खाई बसिरहेका ३ जना व्यक्तिहरुको शरीर तलासी लिँदा बीरगंज महानगरमालिका वडा नं.२५ सिर्सिया विासी २२ वर्षिय  अनिल पटेल, २० बर्षका  रक्की पटेल र पोखरिया नगरपालिका वडा न.२ का २० बर्षका बिक्रान्त पटेलको साथबाट कटुवा पेतोल १ थान फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी ओम प्रकाश खनालले जानकारी दिनु भयो ।

 

 तीनैजनालाई  २ वटा मोटरसाइकल र उक्त पेस्तोल   सहित नियन्त्रणमा लिइ  हात हतियार सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

मननपुरको बाँसघारीमा २४ किलो लागु औषध चरेस बरामद

वीरगन्ज । पर्साको पोखरियाबाट सशस्त्र प्रहरीले २४ किलो ५०० ग्राम  लागूऔषध चरेस बरामद गरेको छ ।

मधेश प्रहरी प्रमुख आचार्य सहित ६ जना एआईजीमा बढुवा सिफारिश

काठमाडौं । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआईजी) लालमणि आचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) पदमा बढुवा सिफारिस गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.