logo

मानव बेचबिखनको आरोपमा दुई महिला बिरुद्ध अनुसन्धान शुरु

 इसीमाना सम्वाददाता     २०७८ सावन १४ गते ०५: २२ मा प्रकाशित     627   पटक पढिएको

१६ र २० वर्षिय किशोरीलाई बेचबिखनको गर्न खोजेको आरोपमा प्रहरीले झापा जिल्ला बिर्तामोड नगरपालिका  वडा नं ९ निवासी २० वर्षिय लक्ष्मी दास र सुनसरी जिल्ला इटहरी  नगरपालिका वडा नं १२ निवासी १९ वर्षिय खुश्वु बिश्वकर्मालाई प्रहरीले बीरगंज महानगरपालिका वडा नं १६ इनर्वा बाट असार १२ गते गिरफ्तार गरेको छ । 

 


पर्सा जिल्ला अदालतले सात दिन सम्मको न्यायीक हिरासतमा राखेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता डिएसपी ओम प्रकाश खनालले जानकारी दिनु भयो । 


प्रतिवादीहरुले पीडित किशोरीलाई पर्साको बीरगञ्ज शहरमा पुर्‍याई अर्केष्ट्रामा आकर्षक तलब हुने काम लगाइदिने” प्रलोभन देखाई बीरगञ्ज बसपार्कसम्म ल्याएका थिए ।

 

बीरगंजबाट काम गर्ने ठाउँसम्म जानु पर्ने भन्दै झूक्याएर  भारतको बिहार राज्यको छौँडादानो भन्ने स्थानमा पुर्याएका थिए ।

 

त्याहा मोबाइल फोन खोसी एक कोठामा राखी भारतकै अन्य स्थानमा पठाउने तयारी भइरहेको बेला खुल्न आएको हुँदा निजहरूलाई झुक्याई बेचबिखन गर्ने उद्देश्यले लैजाने कार्यमा पीडित किशोरीको नेपाल तथा भारतको प्रहरीले उद्धार गरेको थियो । 

प्रतिवादी बिरुद्ध पीडित २० वर्षिय बालिकाले जिल्ला प्रहरी कार्यालय पर्सामा असार १३ गते जाहेरी दिएको डिएसपी खनालले बताउनु भयो । किशोरीको स्वास्थ्य परिक्षण बीरगंजको नारायणी अस्पतालमा १३ गते नै भएको उहाँले बताउनु भयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

समाज

सम्बैधानिक इजलाशको आदेश पछि माओवादी केन्द्रका नेता सापकोटा र दोङ बिरुद्ध अनुसन्धानको बाटो खुला

काठमाडौं । पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध काभ्रेका अर्जुन लामाको अपहरण र हत्या प्रकरणमा अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेको छ ।

प्रदेशमा जसपा, संघमा बिपक्षीको अवरोधका कारण प्रदेशसभा र प्रतिनिधि सभाको बैठक स्थगीत

जनकपुरधाम  ।  जनता समाजवादी पार्टी, नेपालले मधेश प्रदेशसभा बैठकमा अवरोध गरेपछि बैठक स्थगित भएको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.