धनुषाको बटेश्वर गाउँपालिका २ भूचक्रपुरमा रहेको एक बिद्यालयबाट ३२ वटा कम्युटर चोरी भएको छ । श्री जनप्रिय माध्यमिक विद्यालयको ढोका तोडेर सोमबार राती३२ वटा कम्प्युटर चोरी भएको हो ।
बिद्यार्थीको भविष्य सुन्दर बनाउन प्राविधिक ज्ञान दिन बिभिन्न संघ संस्थाले उपलब्ध गराएको दुईवटा ल्यापटपसहित ३२ वटा कम्प्युटर, एक एक वटा प्रिन्टर र प्रोजेक्टर कम्प्युटर चोरी भएको बिद्यालयले जनाएको छ ।
बिहान १० बजे शिक्षकहरु पुगेपछि कम्प्युटर चोरीको घटना बारे थाहमा भएको जनाइएको छ ।
आफन्त नेपालले दुईवर्ष अघि विद्यार्थीको अध्ययनको लागि पहिलोपटक १६ वटा कम्प्युटर प्रदान गरेको थियो । त्यसै गरी अन्य दुईवटा संघसंस्थाले १६ वटा कम्प्युटर उपलब्ध गराएको थियो ।
कक्षा ६,७ र ८ का विद्यार्थीहरुलाई कम्प्युटर सिकाउने गरिएको थियो । कम्पयुटर चोरीको घटनाले स्थानीयमा चिन्ता ब्याप्त छ । बिद्यालय शिक्षको मन्दीर हो ।
सबैले दान दिन्छन । दानबाट जोडिएको कम्युटर चोरी भएपछि शिक्षाप्रेमी चिन्तामा छन । समाजमा गलत संस्कृतिको बिकास भएको र मानवता हराएको भन्दै उनीहरुले चिन्ता जनाएका हुन ।
तपाईको प्रतिक्रिया