logo

भारत लैजादै गरेको ५९ कार्टुन स्याउ छाडेर भरिया फरार

 इसीमाना सम्वाददाता     २०७८ सावन २१ गते ०५: ५५ मा प्रकाशित     633   पटक पढिएको

अबैध रुपमा नेपालबाट भारततर्फ लादै गरेको स्याउ पर्सा प्रहरीले बरामद गरेको छ ।

 

वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ भुटनदेवी स्थित सडक खण्डमा प्रहरीले स्याउ बरामद गरेको हो ।

 

भरियाहरुले स्याउको कार्टुन टाउँकोमा बोकी अवैध रुपमा भन्सार छली चोरी निकासी गरी भारत तर्फ लैजादै गरेको ५९ कार्टुन  प्रहरीले बरामद गरेको हो ।

 

भरियाहरु ईलाका प्रहरी कार्यालय नगवाबाट खटिएको प्रहरी टोलीलाई देख्नसाथ स्याउ छाडी फरार भएका थिए ।

 

उनीहरुले ५९ कार्टुन स्याउ वेवारिसे अवस्थामा फालेर भागेपछि प्रहरीले  बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका  प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

मननपुरको बाँसघारीमा २४ किलो लागु औषध चरेस बरामद

वीरगन्ज । पर्साको पोखरियाबाट सशस्त्र प्रहरीले २४ किलो ५०० ग्राम  लागूऔषध चरेस बरामद गरेको छ ।

मधेश प्रहरी प्रमुख आचार्य सहित ६ जना एआईजीमा बढुवा सिफारिश

काठमाडौं । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआईजी) लालमणि आचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) पदमा बढुवा सिफारिस गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.