९ बूदे माँग राखेर आन्दोलनमा उत्रिएको पोखरियाको युवा समाज र नगर नेतृत्ववीच सहमती भएको छ । यो सहमतीसंगै युवाहरुले आन्दोलन स्थगन गरेका छन ।
नगर प्रमुख दीपारायण रौनीयारसंग भएको छलफलमा पोखरियाको अस्पतालमा रहेको समस्या समाधान गर्ने बिषयमा नगरप्रमुखले प्रतिवद्धता जनाएका छन ।
नगरप्रमुख रौनीयारले पोखरिया बजारको ब्यवस्थित ब्यवस्थापन, शिव मन्दीरको जग्गाको अतिक्रमण हटाउने बिषयमा पहल ,फर्जि टेण्डरको फायल उपल्बध गराउने प्रतिवद्धता जनाएपछि आन्दोलनकारी युवा र नगरपालिका वीच सहमती भएको युवा समाजका उपाध्यक्ष दीनेश मिश्रले बताएका छन ।
समाजले आन्दोलनमा सहयोग गर्ने सबै पक्ष प्रति अभार प्रकट गरेको छ ।
तपाईको प्रतिक्रिया