बीरगंज /
मर्यादित श्रम र पर्यटनको लागि सहकारी भन्ने मुल नाराका साथ आज जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड पर्साको आयोजना र क्लार्क रिर्सोट बीरगंजको सहयोगमा एक दिने अन्तरक्रिया कार्यक्रम समपन्न भएको छ।
जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड पर्साका वरिष्ठ उपाध्यक्ष असगर अलीको अध्यक्षता कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नेफ्सकुन केन्द्रीय संचालक तथा फिल्ड कार्यालय बीरगंजका संयोजक हरेराम पटेलले २ वर्ष देखिको कोरोना भाइरसको संक्रमणका कारण सहकारी र पर्यटन क्षेत्रमा नराम्रो असर परेको बताउनु भयो ।
उहाँले अब यसलाई उभो लगाउन सबैले हातेमालो गर्नु पर्ने धारणा राख्नु भयो । सहकारी संस्थालाई संस्थागत विकास गर्न संघको ठूलो भुमिका रहनु पर्नेमा उहाँको जोड थियो ।
बेला बेला सहकारीकर्मीहरुको अवस्था संघले बुझ्ने प्रयास गर्नु पर्ने र धारासाही बन्न लागेको सहकारीहरु अब मर्जा गरेर जानु पर्नेमा वक्ताहरुले जोड दिएका छन ।
अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका निर्वतमान संचालक शम्भु गुप्ता राष्ट्रिय सहकारी बैंकका फिल्ड संयोजक बृजेश गुप्ता सहकारी मेनेजर क्लब पर्साका अध्यक्ष चन्देश्वर प्रसाद चौरासीया लेखा सुपरिवेक्षण समिति संयोजक राजेन्द्र प्रसाद जैसवाल ,गृह लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका प्रबन्ध रवि श्रीवास्तव,राष्ट्रिय सहकारी बैंक शाखा कार्यालयका संजय कुमार महतो ठाराब क्याम्पसका सुरेश कुशवाहा लगायतले आ,आफ्नो धारणा राख्नु भएको थियो ।
कार्यक्रम स्वागत मन्तब्य जिल्ला बचत तथा ऋण सहकारी संघका सदस्य एवम् विराट लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका सचिव कुन्दन पालले गर्नु भएको सो कार्यक्रमको सहजिकरण मेनेजर क्लबका महासचिव जिष्णु बरालले गर्नु भएको थियो ।क्लार्क रिसोर्टका मेनेजर राजेश रन्जनलाई संघले मायाको चिनोले सम्मानित गरेको थियो ।
तपाईको प्रतिक्रिया