logo

जनकपुरमा उपभोक्ताको हितमा मंचले अभियान संचालन गर्ने 

      2/22/2020 गते 00 00 मा प्रकाशित     1243   पटक पढिएको

जनकपुर १० फाल्गुण । उपभोक्ता हित संरक्षण मंच जनकपुर उपमहानगर कमिटीले उपभोक्ता सचेतनाकालागि अभियान संचालन भएको छ ।

 

जनकपुरमा मंचको सम्पन्न बैठकले अभियान चलाउने निर्णय गरेको हो । आम संचारका माध्यमहरुबाट उपभोक्ता जागरणको अभियान चलाउने निर्णय गरिएको र त्यसका माध्यमले  आम उपभोक्ता सम्म उनीहरुको अधिकारलाई बुझाउने काम गरिने समितिका सचिव बटुकनाथ झाले बताउनु भयो । 


बैठकले जनकपुर उपमहानगर भित्र खुला ठाउमा माछा मासुको बिक्री बितरण भइरहेकोमा गम्भिर छलफल गरेको छ । खुला ठाउमा माछा मासुको बिक्री बितरण नागरिक स्वास्थ्यकोलागि प्रतिकूल हुने कुरा प्रति चासो ब्यक्त गरेको छ ।

 

उपभोक्ताको स्वास्थ्य अनुकुल  माछा मासुको ब्यवस्थित बिक्री बितराणको वातावरण बनाउन जनकपुरधाम उपमहानगरपालिकालाई ध्यानाकर्षण गराउने र त्यसकोलागि ज्ञापन पत्र बुझाउने निर्णय गरेको मंचका अध्यक्ष राजकुमार महासेठले बताउनु भयो । 


मंचले आफनो कामलाई चुस्त बनाउनकालागि पाँच सदस्यीय सचिवालय समेत निर्माण गरेको छ । महासेठको अध्यक्षतामा भएको  बैठकमा मंचक केन्द्रीय उपाध्यक्ष प्रदेश २ का इन्चार्ज अजय अधिकारी,केन्द्रीय सदस्य अधिवक्ता दीपक के.सी. बासु खतिवडा र प्रदेशका अध्यक्ष के.सी.लामिछानेले प्रशिक्षणात्मक मनत्ब्य ब्यक्त गर्नु भएको थियो ।

 

मंचले काम गर्ने तरिका अभियानमा लागेका अभियान्ताले पालना गर्नु पर्ने आचार सहिता लगायतका बिषयमा छलफल भएको थियो । बैठकमा जनकपुरमा उपभोक्ता हितको पक्षमा भइरहेको कामहरुको बारेमा मंचका सदस्यहरुले आ आफना बिचारहरु राख्नु भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

जन्मदिनको खर्च कटौती गरेर मातृभूमीमा परेको संकटमा राहतकालागि नेपालले गरे १ लाख सहयोग दिने निर्णय

वीरगंज । नेपालमा बाढी पहिरोबाट सृजीत दुख्द अवस्थाबाट प्रभावित नागरिकको राहत र उद्धारकालागि बेल्जीयमको लुभेन शहर निवासी लोकेन्द्र नेपालले १ लाख रुपैया सहयोग गर्ने भएका छन ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.