शंका लागेर प्रहरीले समातेको दुई ट्रक र त्यसमा भएको कपडा आवश्यक अनुसन्धानकालागि जिल्ला प्रहरी कार्यालय पर्साले राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ ।
प्रहरीले बिशेष सूचनाको आधारमा ८० लाख मूल्य बराबरको कपडा लोड भएको दुईवटा ट्रक वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित सडकबाट नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिए ।
भंसार राजस्व छलेर कपडा नेपाल भित्रिएको र त्यसलाई चीतवन तर्फ लग्दै गरेको अवस्थामा प्रहरीले ट्रक नियन्त्रणमा लिएको हो ।
तपाईको प्रतिक्रिया