logo

कुस्ती खेल मधेसको पहिचानः महनगर प्रमुख सरावगी

 इसीमाना सम्वाददाता     २०७८ असोज २१ गते ०५: १७ मा प्रकाशित     1095   पटक पढिएको

 कुश्ती खेल मधेस र मधेसीको पहिचान भएको वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमारले बताएका छन  ।

 

हरेक बर्ष जस्तै यसबर्ष पनि वीरगन्ज महानगरपालिकाको वडा नम्बर २८ बगही (ईनर्वा टोल) मा आयोजना गरिएको माहाविरी मेला र कुस्ती प्रतियोगिताको बिहीबार उदघाटन गर्दै नगरप्रमुख बिजय कुमार सरावगी मधेसमा लोकप्रिय रहेको कुश्ती खेलले राष्ट्रियस्तरमा मधेसी र अन्तराष्ट्रिय स्तरमा नेपालको नाम कमाएको बताए  ।

 

उनले लोकप्रिय र अन्तराष्ट्रिय स्तरमा समेत स्थापित हुन सक्ने खेल राज्यको उपेक्षामा परेको भन्दै यसलाई स्थानीय तहको सरकारले सकेजति सम्वद्र्धनमा सहयोग गर्ने बताए  ।

 

कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) का जिल्ला अध्यक्ष रामनरेश यादवले कुस्ती मधेशको मौलीक खेलको रुपमा रहेको बताए । उनले कुस्तीमा  बिपक्षीलाई जित्ने कला र सीपको संयोजन रहेको चर्चा गर्दै कुश्ती बलबाट मात्र नभइ सीपको सफल प्रयोग बाट जितिने बताए ।

 

समाजकालागि कुश्तीले दिने सन्देश समेत यही रहेको बताए । कार्यक्रममा जयनारायण कुर्मी लागायतका समाजिक अगुवाहरुको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगंजमा मालपाेत कर अब वडामै संकलन गरिने

वीरगंजमा मालपाेत कर अब वडामै संकलन गरिने

२५ वर्षे शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमको सम्मानसहित बिदाइ

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ रंगपुरस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले करिब २५ वर्ष लामो शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमलाई सम्मानसहित बिदाइ गरेको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.