बीरगंज १० चैत ।
बीरगंज महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय पर्सालाई कम्युटर प्रदान गरेको छ । जिल्ला प्रहरीको सबै शाखालाई कम्युटरकृत बनाउन र सबै अभिलेखहरु भण्डारण गर्नकालागि महानगरले कम्युटरहरु सहयोग गरेको महानगर प्रमुख बिजय सरावगीले बताउनु भयो ।
महानगरले ३ वटा ल्यापटप र ३ वटा क्म्युटर सिस्टम उपलब्ध गराइएको बताउनु भयो । करिब ४ लाखको लागतमा जिल्ला प्रहरी कार्यालयलाई उपलबध गराइएको कम्युटरले प्रहरीको काममा सहजता हुने र सेवाग्राहीले छिटो र छरितो सेवा पाउने अवस्थाको निर्माण हुने बिश्वार प्रमुख सरवागीले ब्यक्त गर्नु भयो ।
कम्युटरहरु ग्रहण गर्दै पर्साका प्रहरी उपरिक्ष गंगा पन्तले कार्यालयलाई हाइटेक बनाउने र सेवा प्रवाहलाई गुणात्मक बनाउन कम्युटरले मद्धत पुग्ने बताउनु भयो । उहाँले महानगरले गरेको सहयोगले प्रहरीको काम गर्ने क्षमतामा बृद्धि हुने र त्यसको प्रतिफल यहीको समाजले पाउने बताउनु भयो ।
तपाईको प्रतिक्रिया