वीरगञ्ज १२ चैत । छपकैयामा रहेको वाटर ट्रिटमेन्ट प्लान्टको पोखरिमा डुवेर एक जनाको ज्यान गएको छ ।
आज दिउसो करिव ४ बजेको समयमा पानी प्रशोधनकालागि बनाइएको प्लान्टको पोखरिमा डुवेर बीरगंज महानगरपालिका वडा नं १ बजार छपकैया ५५ वर्षिय राजेन्द्र साह सोनारको ज्यान गएको हो । उनी कालिका कन्सट्रकसनमा कार्यरत रहेका थिए ।
उक्त प्लान्ट एकिकृत मझौला शहरी बिकास परियोजना अन्र्तगत कालिका कन्स्ट्रक्सनले नै बनाएको थियो । घटनास्थलमा प्रहरी पुगेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया