logo

चार सय भारतीय नागरिक ठाराब क्याम्पसकोे क्वारेन्टाइनमा

      4/1/2020 गते 00 00 मा प्रकाशित     1234   पटक पढिएको

बीरगंज १९ चैत । 
 वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा ठूलो संख्यामा भारतीयहरुलाई क्वारेन्टाइनमा राखिएको छ ।

विभिन्न ठाउँबाट वीरगञ्ज हुँदै भारततर्फ जान लागेका करीब ४ सय भारतीयलाई प्रहरीले आज बिहान क्याम्पसको शिक्षाशास्त्र संकायतर्फको भवनमा लगेर राखेको हो । लकडाउनको समयमा देशका विभिन्न जिल्लाहरुबाट भारतीय तथा पर्सा आसपासका केही नागरिक पैदल तथा अन्य साना सवारी साधनको माध्यमबाट लुकिछिपि आ–आफ्नो गन्तव्यतर्फ जान लागेका अवस्थामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले म‌ंगलबार राती पक्राउ गरेको थियो।

४ सयजति भारतीयलाई क्वारेन्टाइनमा राखिएको पर्साकी प्रहरी उपरक्षिक गंगा पन्तले बताउनुभयो ।

लक डाउनको बेला अलपत्र परेकाहरुको व्यवस्थापन जहाँ भेटिएका छन् त्यही देशले गर्ने भएका छन् । पर्साका प्रमुख जिल्ला अधिकारीको आदेशमा भारतीयहरुलाई क्याम्पसमा पु¥याइएको बताइएको छ ।

केही दिनअघि ठाकुरराम क्याम्पस प्रशासनले आवश्यक परेमा क्याम्पसलाई कोरना नियन्त्रणका संरचना बनाउन दिने सूचना गरेको थियो ।

दुबै सरकारकावीचमा सीमा नाघेर मुलुक फर्किन चाहने नागरिकलाई आ आफनै क्षेत्रमा राख्ने सहमती भएअनुरुप उनीहरुलाई ठाकुरराम बहुमुखी क्याम्पसमा अस्थायी क्वारेन्टाइनमा राखिएको हो । क्वारेन्टाइनमा रहेका भारतीयले आफूहरुकोलाग शौचालयको ब्यवस्था नभएको गुनासो गरेका छन । 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

गहवा माई रथ यात्रामा लायन्स क्लबको सेवाभाव, हजारौं श्रद्धालुलाई निःशुल्क खानेपानी वितरण

वीरगञ्ज । गहवा माईको ऐतिहासिक रथ यात्राका अवसरमा लायन्स क्लब अफ वीरगञ्ज, लायन्स क्लब अफ वीरगञ्ज विजयपथ, लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमी र लायन्स क्लब अफ वीरगञ्ज जय गहवा माईले श्रद्धालु भक्तजनप्रति सेवाभाव प्रस्तुत गर्दै संयुक्तरूपमा हजारौं भक्तजनलाई निःशुल्क खानेपानी वितरण गरेका छन्।

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.