logo

राहत बितरणको नाम संकलनमा कुटपीट गर्ने पाँच बिरुद्ध सार्वजनीक मुद्धा दायर

      4/3/2020 गते 00 00 मा प्रकाशित     887   पटक पढिएको

बीरगंज २१ चैत । 
बीरगंज महानगरपालिकाको वडा नं १९ बरेवाका  जगन प्रसाद यादव,  विकाश कुमार यादव,  सञ्जय प्रसाद यादव, राजु यादव र  सुरेन्द्रप्रसाद यादव बिरुद्ध प्रहरीले सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाएको छ ।

 

इलाका प्रहरी कार्यालय पोखरियाले उनीहरु बिरुद्ध मुद्धा चलाएको हो । राहत बितरणकालागि नामावली संकलनको क्रममा भएको बिवादमा कुटपीटमा संलग्न पाँच जना बिरुद्ध प्रहरीले सार्वजनीक अपराधको मुद्धा दर्ता गरेको हो । 

 


बीरगंज महानगरपालिकाले वडास्तरमा सर्वदलीय संयन्त्र बनाएर दैनीक ज्याला गरेर जीवन यापन गर्ने श्रमजीवी नागरिकलाई राहत उपलब्ध गराउने निर्णय गरेको थियो । 

राहत वितरणको लागि नाम संकलन गर्ने क्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर १९ बरवा टोलमा प्रभू यादव र उपेन्द्र यादव पक्षवीच कुटाकुट भएको थियो ।  कुटाकुटमा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरेका थियो ।

 

पक्राउ गरिएका मध्य पाँच जनाविरुद्ध मुद्दा चलाइएको ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्र सिंहले जानकारी दिनु भयो  ।अन्य दुई जनालाई भने अनुसन्धान पश्चात छाडिएको उहाँले बताउनु भयो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.