बीरगंज २३ चैत ।
बुहारी हत्याको आरोपमा प्रहरीले बहुदरमाई नगरपालिका वडा नं ८ रामनगरीका ५० वर्षिय ससुरा सुरेश पण्डित, सासु ४५ वर्षीया फूल कुमारी देवी र उनीहरुकी कान्छी बुहारी २३ वर्षीया मालती देवीलाई चैत २२ गते पक्राउ ग¥यो ।
प्रहरीले अनुसन्धानकालागि आज बिहान रामनगरिबाट अन्य दुईजनालाई नियन्त्रणमा लिएको छ । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ८ रामनगरी टोल बस्ने २५ वर्षीया उर्मीला देवी पण्डितको हत्या गरेको अभियोगमा अनुसधानकालागि उनीहरुलाई पक्राउ गरिएको इलाक प्रहरी कार्यालय पोखरियाका इन्सपेक्टर चन्द्र सिंहले जानकारी दिनु भयो ।
शवलाई घाटमा लगेर अन्तिम संस्कार गरिरहेको अवस्थामा शनिवार राती करिब ११.३० बजे प्रहरीले उनीहरुलाई गिरफ्तार गरेको हो । टेम्पु चलाउने पेशामा संलग्न पंण्डितले आफनै टेम्पुमा शव राखेर बत्ती समेत नवाली अध्यरोमै घाटमा पु¥याएका थिए । स्थानीयका अनुसार उर्मिलादेवीको मरण प्राकृतिक होइन ।
आधा भाग जलिसकेको अवस्थामा मृतकको शव पनि नियन्त्रणमा लिएको सिंहले बताउनु भयो । पक्राउ परेका तीनैजनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको तथा नियन्त्रणमा लिइएको शवलाई पोष्टमार्टमको लागि नारायणी अस्पतालमा पठाईने ईलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ । मृतक उर्मिलाका श्रीमान् विदेशमा रहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया