सर्लाही २४ चैत । हरिवन नगरपालिकाले स्थापना गरेको प्रकोप ब्यवस्थापन कोषमा नागरिकका तर्फबाट पनि रकम जम्मा हुने क्रम शुरु भएको छ ।
कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्नकालागि नगरपालिकाले कोष खडा गरेर सहयोग गर्न नगरवासीलाई अपिल गरेको छ ।
नगरपालिकाको अपिललाई स्वीकार गर्दै नागरिकले कोषमा सहयोग उपलब्ध गराउन थालेका छन । उपभोक्ता हित संरक्षण मंच प्रदेश २ का सदस्य निशा हमाल र उभोक्ता हित संरक्षण मंच हरिवन नगर कमिटीका सदस्य अनिल हमालको परिवारले कोषमा आज १५ हजार ५ सय ५५ रुपैया उपलब्ध गराएको छ ।
सामाजिक क्षेत्रमा क्रियाशिल हमाल दम्पतीको पहिचान नै हरिवन नगरपालिकामा समाजसेवीको रुपमा स्थापित छ । हरिवन नगरपालिका वडा नं ११ निवासी हमाल दम्पतीमा समाजिक कामलाई आफनै ठान्ने र अप्ठयारोमा परेकाहरुलाई सहयोग गर्ने भावना प्रवल रहेको छ ।
अनिल हमाललाई अधिकतम समय अरुलाई सहयोग गरेको वा सामाजिक क्रियाकलापमा संलग्न भएको अवस्थामा भेटन सकिन्छ । कोषमा जम्माहुने रकम आज दम्पतीले हरिवन नगरपालिकाका प्रमुख गणेश प्रसाईलाई हस्तान्तरण गर्नु भएको हो । सहयोग रकम लिदै प्रमुख प्रसाईले नागरिकको सहयोग, नागरिकको हित र रक्षामा परिचालन हुने बिश्वास दिलाउनु भयो ।
उहाँले बिश्वब्यापी संकटको रुपमा आएको कोरोना भाइरसको महामारीसंग जित्न आवश्यक पूर्वाधारको जोहो गर्न नागरिक संग सहयोगकोलागि आपिल गरेको र तदनरुप सहयोग जम्मा हुन थालेको बताउनु भयो ।
उहाँले हमाल दम्पतीप्रति धन्यवाद ज्ञापन गर्दै नगरवासीलाई लकडाउनको पालनमा ध्यान दिन समेत अपिल गर्नु भयो ।
त्यसैगरि हमाल दम्पतीले सबैले आफूले सकेको सहयोग उपलक्ध गराउन आग्रह गर्नु भयो । सबै मिलेर काम गर्न सक्दा सफलता मिल्ने बताउदै उहाँहरुले कोरोना भाइरसको संक्रमण नियन्यत्रणकालागि सबैको सहयोगी भूमिका आवश्यक रहेको बताउनु भयो ।
नगरपालिकाले हरिवनमा रहेको नेपाल बैंक लिमिटेडको बैक खाता नम्बर १३२०३००००००००५००४००१ मा सहयोग राशी जम्मा गर्न सकिने गरि ब्यवस्था मिलाएको छ । बैंक तथा बित्तिय संस्था बन्द हुने अवस्थामा इसेवा मार्फत पनि सहयोग राशी जम्मा गर्न सकिने नगरपालिकाले जनाएको छ ।
तपाईको प्रतिक्रिया