logo

बीरगंज महानगर सिगो शहरलाई डिसइन्फेक्टेड गर्दै

      4/8/2020 गते 00 00 मा प्रकाशित     1299   पटक पढिएको

वीरगन्ज २६ चैत ।
बीरगंज महानगरपालिकाले बीरगंज महानगरलाई डिस्इन्फेक्टेड राख्नकालागि स्यानीटाइजर छर्नेकामलाई  निरन्तरता दिइरहेको छ ।

 

महानगरले कोरोना भाइरसको संक्रमण नियन्त्रणकालागि सरकारले घोषणा गरेको लकडाउनका कारण समस्यामा परेका दैनीक ज्यालादारीमा काम गर्ने श्रमजीवीहरुलाई खाद्य सहयोग पनि उपलब्ध गराउदै आएको छ । 

 


महानगरपालिकाले लामखुट्टको प्रकोप नियन्त्रणकोलागि पनि महानगरभित्र दवाई छर्ने काम गर्दै आएको छ । महानगरलाई (डिस्इन्फेक्टेड) संक्रमण फैलिन नदिनकालागि बारुणयन्त्रको सहयोगमा दमकलकै माध्यमले औषधी छर्किने काम भइरहेको महानगर प्रमुख सरवागीको सचिवालयले जनाएको छ ।

 

 महानगरपालिककाले विभिन्न वडाहरुमा  सोमबार साझसम्म १२लाख ५० हजार लिटर पानीमा ३ हजार किलो स्टेवल ब्लिचिगं पाउडर मिसाएर स्यानीटाइज गरेको  महानगरपालिकाको सरसफाइ महाशाखाले जनाएको छ ।

 

वीरगन्ज महानगरपािलकाका मेयर बिजय कुमार सरावगीले महानगरपालिका सधै जनताको साथमा रहेको बताउदै लकडाउन लागु भएकै दिन देखि त्यसबाट सिर्जित  सबै समास्याहरुको समाधान क्रमिक रुपमा गरिदै आएको बताउनु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.