logo

उपभोगयोग्य खाद्य सामाग्री नदिएर जनताको अपमान,कलैयामा मेयरको कोल्डस्टोर्समा प्रशासनको छापा 

इसीमाना सम्वाददाता

      4/11/2020 गते 00 00 मा प्रकाशित     1375   पटक पढिएको

बीरगंज २९ चैत ।
कलैया उप महानगरपालिकाका प्रमुख राजेश राय यादवको कलैया स्थित कोल्डस्टोरमा बारा प्रशासनले छापामारी  गरी ३ सय ८० बोरा दाल सिल बन्दी गरेको छ ।

गुणस्तरहीन दाल राहत स्वरुप नगर प्रमुख यादवले वडाहरुमा बितरण गराएपछि स्थानीय र राजनीतिक दलले गुनासो गरेका थिए । जनताको गुनासेका आधारमा नमुना संकलन गरि ३ सय ८० बोरा दाल शिलबन्दी गरिएको  बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो ।


संकलीत नमुनाको परिक्षण गरिने छ । परिक्षणकालागि  खाद्य प्रयोगशालामा पठाइने उहाँले बताउनु भयो ।परिक्षण प्रतिवेदन आएपछि त्यसको आधारमा थप निर्णय लिइने उहाँले बताउनु भयो । सरकारले  कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउनको घोषणा गरेको छ । यस्तो रोजगार बन्दका कारण खाने पिउने समस्यामा रहेका मजदुरहरुलाई राहत उपलब्ध गराउने सरकारी नीति रहेको छ । राहत बितरणको जिम्मेवारी स्थानीय सरकारको  प्रत्यक्ष काम भित्र रहेको छ । कलैया उपमहानगरपालिकाका प्रमुख राजेश यादवले आफनै नागरिकलाई खान योग्य नरहेको दाल बितरण गरेर जग हसाएका छन । 

५ वर्ष पुरानो पहिले बिक्री नभएको कुहिएको दाल नगरप्रमुख यादबले नगरपालिकाको रकमबाट भुक्तानी हुनेगरी दाल बितरणको योजना बनाएका हुन । कलैया उपमहानगरपालिकाको वडा नम्बर १, ७ र २० का स्थानीय गरीब र मजदुरकालागि राहत वितरण गर्दा नै स्थानीयले दालको गुणस्तरको सवाल उठाउदै ववाल गरेपछि  रोकिएको थियो ।   वडा नम्बर ७ मा भने वितरण गरिएको थियो ।

स्थान्ीय प्रशासनले चामल ल्याईएको गोदामको समेत खोजी गरिरहेको छ । उपभोग्ययोग्य नरहेको खाद्य समाग्री बितरण गरेर कलैया उपमहानगरपालिकाले जनार्दनको उपमाले सम्मान गर्ने आफनौ नागरिकको अपमान गरेको छ । महामारीका बिरुद्ध सबै नागरिकलाई एकताको सुत्रमा बाँधेर जुटनु पर्ने उपमहानगर प्रमुख मुनाफा खाज्न कुदेपछि उनको राजनीतिक जीवनमै गम्भिर प्रश्न उठेको छ । 


प्रशासनले वडा अध्यक्ष र वडा सचिवलाई बोलाएर सोधपुछ गरेको थियो । प्रशासनले केहिबेर अगाडि गोदाममा छापा मारेर दाल सिलबन्दी गरेको छ ।  नगरप्रमुख यादव नेपाली कांग्रेसबाट निर्वाचित हुन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामरा उडाउँदै  गरेका भारतीय पर्यटकको क्यामरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामेरा उडाउँदै गरेको अवस्थामा प्रहरीले एक भारतीय पर्यटकको ड्रोन क्यामरा नियन्त्रणमा लिएको छ ।

राजनीतिकर्मी साहको पहलमा बिद्यालयको भवन बन्दै, एक कार्यक्रमका वीच गरियो शुरुवात

वीरगंज । पकाहा मैनपुर गाउँपालिकाको वडा नं ४ मा रहेको नेपाल राष्ट्रिय आधारभूत बिद्यालय श्यामपुर भेलाहमा नयाँ भवनको बिहिवार एक कार्यक्रमकावीच शिलान्यास गरिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.