बीरगंज ३० चैत । नेपाल रेडक्रस सोसाइटी रानीघाट शाखाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
रक्तदान कार्यक्रममा १ महिला सहित २५ जनाले रक्तदान गरेका छन ।
त्यसै गरि आदर्शनगर उपशाखाका सभापति सन्तोष गुप्ताको सभापतित्वमा भएको कार्यक्रममा १ महिला सहित २८ जनाले रक्तदान गरेका छन ।
रक्तदान कार्यक्रमका सहभागिहरुलाई मास्त बितरण गर्नुका साथै सोसियल डिस्टान्स, सेनिटाइजर प्रयोग गराउने कार्य गरिएको थियो ।
पर्सा शाखाका सभापति बिरेन्द्र राज कंडेलले प्रमाणपत्र बितरण एवं रक्तदाता एव आयोजक प्रती आभार व्यक्त गर्नु भएको थियो।
रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्रका टोलिले सहयोग गरेका थियो , टोलिमा रक्तसञ्चार केन्द्रका शाखा अधिकृत उदय राज शर्मा, प्राबिधिक अधिकृत सौरभराज पाण्डे, प्राबिधिक धिरेन्द्र झाको टोलिले सहयोग गरेका कुरा राजन श्रीवास्तवले जानकारी दिनु भयो ।
लकडाउनको अवस्थामा रगतको अभावलाई पुरा गर्नकालागि नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाको समन्वयमा रक्तदान कार्यक्रम को आयोजना हुदै आएको छ ।
तपाईको प्रतिक्रिया