logo

प्रजान्त्रिक आन्दोलनका योद्धा शर्माको ब्यक्तित्व बारे चर्चा, व्यक्ति एक ब्यक्तित्व अनेक नामक पुस्तक बिमोचीत

 इसीमाना सम्बाददाता      २०७८ चैत १६ गते ०६: ५० मा प्रकाशित     565   पटक पढिएको

प्रजातान्त्रिक आन्दोलनका अगुवा वीरगन्जका सामाजिक अभियन्ता तथा बरिष्ठ अधिवक्ता शान्ति र लोकतन्त्रकालागि नागरिक आन्दोलनका संयोजक स्व. प्रेमनाथ शर्माको स्मृतिमा प्रकाशित पुस्तक ‘व्यक्ति एक ब्यक्तित्व अनेक’ विमोचन गरिएको छ ।

शर्माकी बुहारी लक्ष्मी पोखरेलद्वारा लिखित पुस्तक वीरगन्ज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्कीले बुधबार विमोचन गर्नुभएको हो । विमोचन समारोहमा बोल्ने वक्ताहरूले स्व.शर्माले समाजका बिभिन्न पक्षमा पुर्याउनु भएको योगदानको बारेमा चर्चा गरेका थिए ।


बरिष्ठ अधिवक्ता, राजनीतिज्ञ तथा सामाजिक अभियन्ता समेत रहनुभएका शर्माले नेपाली कांग्रेसलाई स्थापित गर्न निकै ठुलो भूमिका खेलेको ब्यक्तिको रुपमा सदैब स्मरणीय रहने भन्दै वक्ताहरुले उहाँलाई सम्मान पूर्वक सम्झिाएका थिए । उहाँका छोरा श्याम पोखरेलले विगतलाई स्मरण गर्दै शर्मा एक निडर र इमान्दार व्यक्तित्व र भ्रष्टाचारको कट्टर विरोधी रहेको बताउनुभयो ।

 

सामाजिक परिवर्तनको आन्दोलनमा जीवनको अन्तिम सम्म सक्रिय रहनुभएका शर्माले २०६२र०६३ को आन्दोलनमा नेतृत्व लिएर आन्दोलनलाई उचाईमा पु¥याउनु भएको थियो । नेपाली राजनीतिका उच्च व्यक्तिहरुसँग मात्रै नभई वीरगन्जमा पनि उहाँ सबैका सामु परिचित हुनुभएको थियो । उहाँले ट्रान्सपरेन्सी इन्टरनेशनल मार्फत पनि सदाचार आन्दोलनको अगुवाई गर्नु भएको थियो ।

 

सदाचार पद्धतीले मात्र समाज राम्रो हुने कुरामा जोड दिने शर्माले भ्रष्टाचारका बिरुद्ध निर्ममता पूर्वक लडनु पर्नेमा जोड दिने गरेको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछानेले स्मरण गर्नुृ भयो । शान्ति र लोकतन्त्रको लागि नागरिक आन्दोलनको नेतृत्व गर्नु भएका शर्माको प्रजातान्त्रिक आन्दोलनमा पनि अतुलनीय योगदान रहेको उहाँले बताउनु भयो ।

 

लेखक लक्ष्मी पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा महानगरपालिकाकी उपप्रमुख शान्ति कार्की बरिष्ठ पत्रकार जगदीश शर्मा, उद्योगी तथा साहित्यकार गणेश लाठ, नेपाल रेडक्रस सोसाईटी मधेस प्रदेश अध्यक्ष फुलमहम्मद मियाँ, वीरगन्ज महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष ध्रुब नेपाल लगायतले स्व. शर्माको बारेमा चर्चा गरेका थिए । कार्यक्रमको सहजीकरण उदय शर्माले गर्नुभएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

बिन्दवासिनी गाउँपालिकाको आवास योजनामा विवाद, दलित महिलाको प्रदर्शनसँगै पारदर्शितामाथि प्रश्न

वीरगन्ज । पर्साको बिन्दवासिनी गाउँपालिकाले दलित तथा विपन्न समुदायलाई लक्षित गरी सञ्चालन गरेको आवास निर्माण योजना विवादमा परेको छ।

पत्रकार सिटौलाको निधन, आजै अन्त्यष्टी गरिने

काठमाडौं । पत्रकार दिनेश सिटौलाको आइतबार उपचारकै क्रममा निधन भएको भएको छ । उनी एन्यूरिज्म रप्चर (ब्रेन ह्यामरेजको एक रुप) बाट पीडित थिए ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.