logo

पत्रकार गिरीश गिरीद्वारा लिखित सत्यमोहन जोशीका बिषयमा बीरगंजमा परिचर्चा

 इसीमाना सम्बाददाता      २०७८ चैत १८ गते ०८: ४१ मा प्रकाशित     701   पटक पढिएको

पत्रकार गिरीश गिरीद्वारा लिखित सत्यमोहन जोशीका बिषयमा बीरगंजमा एक परिचार्चा कार्यक्रम सम्पन्न भएको छ । पाठशाला नेपालको आयोजनामा बीरगंजको ठाकुरराम बहुमुखी क्याम्पसको सभाकक्षमा आयोजना गरिएको परिचर्चामा सत्यमोहन जोशीको बिषयमा वक्ताहरुले प्रकाश पारेका थिए ।

 

सत्यमोहन जोशी लेख्नकालागि जुरेको संयोगको बारेमा चर्चा गर्दै लेखक गिरीले लेखक कुमार नगरकोटीको कल्पग्रन्थ पुस्तक दिनजाँदा जोशीले “गिरीश गिरीले मेरो बारेमा जीवनी लेखिदिए त्यो पुस्तक हेर्ने चाहना थियो” भनेकोले पुस्तक लेख्ने कुराले ठोस आकार पाएको बताउनु भयो ।

 


सत्यमोशन जोशीलाई समाचार कक्षमा हुदा काठमाण्डौको संस्कृतिका बिषयमा समाचार लेख्दा “कोड” गरे पछि मात्र त्यो समाचारले जीवन पाउथ्यो त्यही बेलादेखी जोशीसंग नजिक भएको प्रसंग निकाल्दै गिरीले जोशीले नेपाल राष्ट्रकालागि अतुलनीय योगदान गरेको बताउनु भयो ।

 

तीन पटक सम्म मदन पुरस्कार प्राप्त जोशीले खस भषाको बारेमा पनि गहन अध्धयन र खोज गरेको बताउनु भयो । कार्यक्रममा सत्यामोशन जोशी पुस्तकको प्रकाशन संस्था बुक हिलका भूपेन्द्र खडकाले पुस्तक अध्ययन संस्कृतिको बिकासमा जोड दिनु भयो ।

 

उहाँले समाजको जुन सुकै क्षेत्रमा बसेर योगदान दिन खोजेपनि त्यसकोलागि ज्ञान चाहिने ज्ञान पुस्तकबाट पाउन सकिने भएकोले पढनु पर्ने कुरामा जोड दिनु भयो । कुमार नगरकोटीले पुस्तकको बारेमा चर्चा गर्दै पुस्तक पढन शुरु गरेपछि छोडन मन नलाग्ने खालको रहेको बताउनु भयो ।

 

उहाँले सत्यमोशन जोशीलाई त्यती मायालु, प्रफूल्ल हुने खालको वा चाखलाग्दो नठानेको तर गिरीश गिरीको पुस्तक सत्यमोहन पढ्न थालेपछि त्यही मान्छे मायालु छ जस्तो लाग्न थालेको बताउनु भयो ।


पाठशाला नेपालका अध्यक्ष बालगोपाल थापाको अध्यक्षतमा भएको कार्यक्रममा उपाध्यक्ष गणेश लाठले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो भने के.सी.लामिछानेले कार्यक्रम संचालन गनुृ भएको थियो ।


बुक हिलले प्रकाशन गरेको सत्यमोशन जोशी ३ सय ७ पृष्ठको रहेको छ । जोशीको १ सय २ वर्षको जीवनका बिभिन्न कालखण्डाका तस्विरहरु पनि पुस्तकमा समेटिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

चिया चौतारो छाडेर,श्रमदानमाबाटै हुलाकी सडक सफा गर्दै सुवर्णपुरका स्थानीय

ठोरी । ठोरी गाउँपालिका–५ सुवर्णपुरस्थित ओरिया खोला पुल नजिकको बागमोर्चा क्षेत्रका स्थानीयवासीले शनिबार बिदाको समय सदुपयोग गर्दै हुलाकी सडक सरसफाइ गरेका छन।

विपद् राहत कोषमा मदिना जामे मस्जिदद्वारा १ लाख १ हजार रुपैयाँ सहयोग

वीरगञ्ज ।वीरगञ्ज महानगरपालिका–६ स्थित मदिना जामे मस्जिदले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.