सशस्त्र प्रहरी बलले भन्सार राजस्व छली नेपाल भित्र्याइएको तीन लाख बढीको समान आवश्यक कारवाहीकोलागि बीरगंज भन्सार कार्यालयमा बुझाएको छ ।
धोविनी गाउँपालिकाको वडा नं २ घोडदोड पिप्रामा रहेको इलाका सशस्त्र प्रहरीको गस्ती टोलीले आस्वारी भन्ने ठाउबाट १ लाख ६६ हजार बराबरको औषधी बरामद गरेको छ । प्रहरीलाई देखे पछि औषधी बोक्नेहरु औषध्ी छाडेर भागेका थिए ।
त्यस्तै बीरगंज महानगरपालिकाको वडा नं १६ शंकराचार्य प्रवेशद्वारा नजिक बाट १ लाख ५५ हजार रुपैया बराबरको सुटको कपडा बरामद गरेको छ । छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र १३ नम्बर गणबाट खटिएको प्रहरी टोली सामान बरामद गरेको सशस्त्र प्रहरी सीमा सुरक्षा बल पर्साका प्रहरी नायव उपरिक्षक सन्तोष बस्नेतले जानकारी दिनु भयो ।
सशस्त्र प्रहरीको संयुक्त टोलीले ३१ केजी ५ सय ग्राम गाँजा बरामद गरेको छ । पटेर्वा सुगौली गाउँपालिकाको वडा नं २ बेल्वाबाट टाउकोमा बोकेर पोखरिया तर्फ जादै गरेको एक ब्यक्ति प्रहरी देखेपछि टाउकोमा बोकी राखेको पाको फ्याकेर फरार भएका थिए ।
पोकोमा गाँजा बरामद भएको बस्नेतले बताउनु भयो । गाँजा आवश्यक कारवाहीकोलागि ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाईएको उहाँले बताउनु भयो ।
तपाईको प्रतिक्रिया