logo

देशभरिका मदर्साहरुलाई क्वारेन्टिन बनाउन सकिने मुस्लिम आयोगको प्रस्ताव

      4/14/2020 गते 00 00 मा प्रकाशित     1124   पटक पढिएको

बीरगंज २ बैशाख । 
मुस्लिम आयोगले देशमा रहेका मदर्साहरुलाई क्वारेन्टिनका रुपमा उपयोग गर्न प्रस्तव गरेको छ । अयोगका अध्यक्ष समिम अन्सारीले सोमवार एक बिज्ञप्ति जारी गर्दै यस्तो प्रस्ताव गर्नु भएको हो ।

 

मुलुकमा कोरोना भाइरसको संक्रमण बढदो  क्रममा रहेको अवस्थामा  क्वारेन्टिनको थप आवश्यकता रहेकोले क्वारेन्टिनको निर्माणमा मुस्लिम आयोगले सहयोग गर्ने उहाँले बताउनु भएका छ ।

देशभरि मुस्लिम समुदायका युवाहरु अध्ययन गर्ने छात्रावासहरु रहेका छन । त्यसैगरि देशभरि रहेका त्यस्ता मदर्साहरु मा भान्सा घर ,शोचालय बिजुली लगायतका सबै सेवा सुविधाहरु रहेको छ ।

 ति मदरसाहरुमा पर्याप्त चौर खुला ठाउ समेत रहेकोले त्यस्तो स्थानमा क्वारेन्टिनका रुपमा ब्यवस्थापन गर्न निकै सहज हुन सक्छ । सरकारले चाहेमा मुस्लिम अयोग मदरसाहरुलाई क्वारेन्टिन बनाउनकालागि उपलब्ध गराउन पहल गर्ने आयोगले प्रतिवद्धता जनाएको छ ।

राष्ट्रमा संकट परेको बेलामा क्वारेन्टिन प्रयोजनकालागि मदरसा दिन चाहनेहरुले ब्यवसथापन समितिहरुलाई आयोगमा जानकारी गराउन समेत आग्रह गरेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.