logo

सीमासंग जोडिएको छिपहरमाई गाउँपालिका शिल ,एक वार्डबाट अर्कोमा जान नपाइने

      4/14/2020 गते 00 00 मा प्रकाशित     1162   पटक पढिएको

बीरगंज २ बैशाख । 
छिपहरमाई गाउँपालिकाले  गाउँपालिकालाई शिल गर्ने निर्णय गरेको छ । सुरक्षा तथा जनप्रतिनिधिको आजको बैठकबाट यस्तो निर्णय गरिएको गाउापालिका अध्यक्ष मनोज गुप्ताले बताउनु भयो ।

 

आजको निर्णय पछि छिपहरमाई गाउँपालिाका कोही प्रवेश गर्न पाउदैनन भने त्याहाबाट निस्कन पनि पाउदैनन । गाउँपालिका भित्र पनि अन्तरवार्डमा आउन जान नपाउने निर्णय भएको छ ।

 

छिपहरमाई गाउँपालिका पर्सा जिल्लाको पश्चिम दक्षीणी सीमा क्षेत्रको गाउँपालिका हो । जसको दुई तिर भारतसंग सीमा जोडिएको छ । छिपहरमाई गाउँपालिकाको निर्णय भारतबाट आउनेहरुलाई रोक्ने प्रति पनि केन्द्रीत रहेको छ ।


गाउँपालिका भरि ज्वारो क्लिनीक संचालन गर्ने समेत निर्णय भएको छ । गाउँपालिकाले पालिका भित्रका हरेक परिवारका सदस्यको स्क्रिनिङ गरि रेकर्ड राख्ने निर्णय भएको छ । 

 

पालिका शिल भएपछि अत्यावश्क औषधीको आपूर्तीलाई ब्यवस्थित बनाइने भएको छ । आवश्यक औषधीको बिवरण स्वास्थ्यकर्मी,प्रहरी र पालिका प्रहरीलाई उपलब्ध गराए ति सबै औषधीहरु पालिकाले उपलब्ध गराउने ब्यवस्था मिलाएको छ । 


पालिकाले राहत बितरणको कामलाई निरन्तरता दिने जनाएको छ । पालिका भरिमा १ हजार ६ सय परिवारको पहिचान भएको छ ।

 

उनीहरुलाई दिदै आएको राहतलाई निरन्तरता दिने निर्णय भएको अध्यक्ष गुप्ताले बताउनु भयो । राहत पाउन छुटेका नामावली समेत संकलन गर्ने  र समस्यामा परेकाहरुलाई पालिकाले जारी गरेको दुइवटा मोवाइल नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ । ९८०९२७८०२७ ,९८४५३१०१७२ मोवाइल नम्बरलाई हेल्पलाईनको रुपमा प्रयोग गरिएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

चितवनमा रगतको चरम अभाव, रेडक्रस सोसाइटीद्वारा रक्तदान गर्न अपिल

चितवन । चितवन  जिल्लामा रगतको चरम अभाव भएको छ । यससंगै नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले रक्तदानका कार्यक्रम गरिदिन अपिल जारी गरेको छ ।

उपकार सेवाको सहयोग घरमै ह्वीलचेयर

वीरगंज । पोखरिया नगरपालिकाको वडा नं ६ सिर्सियाका एक बिरामीलाई “कुइन ज्वैलर्स काठमाडौं” को सहयोगमा ह्वीलचेयर प्रदान गरिएको छ।

खेलकुद

नारायणी रङ्गशालाको प्याराफिट पुनर्निर्माण कार्यको  सचिव शिवजी गुप्ताले गरे शिलान्यास

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी रङ्गशालाको प्याराफिट पुनर्निर्माण कार्यको मधेश प्रदेश खेलकुद परिषदका सदस्य सचिव सचिव शिवजी गुप्ताले शिलान्यास गरेका छन ।

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.