logo

शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका विषयमा अन्तरक्रिया सम्पन्न

 इसीमाना सम्बाददाता     २०७८ चैत २५ गते ०४: ०३ मा प्रकाशित     627   पटक पढिएको

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश जनकपुरधाम कार्यालयको आयोजना र राजविराज नगरस्तरीय मानव अधिकार निगरानी समूहको समकार्यमा राजविराज नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।


मानव अधिकार संरक्षण र सम्वर्द्धनको लागि राज्यको जबाफदेहिता तथा जनताको सहभागिता अभिवृद्धि कार्यक्रम अन्तर्गत सम्पन्न कार्यक्रममा राजविराज नगरपालिकाका विषयगत शाखाका प्रमुखहरूबाट शिक्षा, स्वास्थ्य, खाद्य र आवासको सवालमा छलफल भएको हो ।


कार्यक्रममा राजविराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोगेन्द्रप्रसाद यादवले मौलिक हक पूरा नहुँदा नागरिकले न्यायिक प्रश्न उठाउनु स्वभाविक भएको बताउनु भयो । इन्सेकले जनताको सबैभन्दा महत्वपूर्ण अधिकारको विषय उठान गरेको भन्नुहँदै यादवले विषयवस्तुको प्रगति वा कमीबारे दस्तावेजीकरण गर्न र आधारअंक कायम गरी मिलेर लक्ष्य प्राप्त गर्न आग्रह गर्नु भयो ।

इन्सेकका सदस्य बैद्यनाथ झाले निगरानी नभएका कारण भएका पूर्वाधारको संरक्षण हुन नसकेको र सुधारको विषय औल्याउँदा समेत जिम्मेवार निकाय आक्रोशित हुने गरेको बताउनु भयो ।

स्वास्थ्य शाखाका संयोजक निरञ्जन यादवले पर्याप्त जनशक्ति र बजेटको अभावमा गौरव गर्न लायक काम हुन नसकेको स्विकार्नु भयो । मातृ तथा शिशु मृत्य दर कम गर्न घर–घरमा जाँचको व्यवस्था गर्न लागिएको जानकारी दिनुभएका यादवले राजनीतिक दवावले सुशासन कायम गर्न गाह्रो पर्ने गरेको बताउनु भयो ।


कृषि शाखाका संयोजक हरीप्रसाद यादवले शाखामा ५ जनाको दरबन्दी भएपनि एक्लै काम गरिरहेको जानकरी दिनुहुँदै कृषिलाई छुट्याएको बजेट समेत काटिने गरेकोले शाखाबाट कार्यक्रम गर्न नसकिएको बताउनु भयो ।


शिक्षा शाखाका संयोजक भगवती वि.क.ले बिद्यालयको हाजिरी पुस्तिकामा ३ सय भएपनि टाउको गन्ती गर्दा ५० जना मात्र हुने गरेकोले कारवाही प्रकृया अगाडि बढाइएको बताउनु भयो । जनशक्ति अभावले पर्याप्त मात्रामा अनुगमन गर्न नसकिएको स्विकार्दै उहाँले नियमित हुने प्रधानाध्यापकको वैठकमा समस्याहरूबारे छलफल गरिने प्रतिबद्धता जनाउनुभयो ।


इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले स्थानीय तहले नीति तथा योजना बनाउँदा जनताको सबैभन्दा महत्वपूर्ण अधिकार शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारलाई उच्च प्राथमिकता दिनुपर्ने बताउनुभयो । जनताले तिरेको करबाट सरकार र स्थानीय तहबाट सञ्चालित सरकारी स्वास्थ्य संस्था, अस्पतालमा नागरिकको उपस्थिती र सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षक कम रहेकोले ध्यान दिन आग्रह गर्नुभयो ।

 

नगर स्तरीय मानव अधिकार निगरानी समूहका अध्यक्ष रघुबर साहले नीति नियम अनुसार स्थानीय तहले काम गरेको छ की छैन, विपन्न वर्गले पाउनुपर्ने सेवा सुविधा पाएका छन् कि छैनन् भनेर निगरानी समूहले अनुगमन र खबरदारी गर्दै मूल्याकंन गरिरहेको बताउनुभयो ।


साहको अध्यक्षता र सहजकर्ता दिपककुमार यादवको सञ्चालनमा भएको अन्तरक्रिया कार्यक्रममा पत्रकार दिनानाथ यादव, नागरिक समाजका रामऔतार मण्डल, विद्यार्थी कल्पना यादवले विपन्नले पाउने सुविधा राजनीतिक पहुँच हुनेले पाइरहेको र सामुदायिक विद्यालयमा पढने वातावरण नभएको गुनासो गर्नुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

दाइजोको निहुँमा कर्तव्य ज्यान मुद्दाका फरार अपराधी वीरगन्जमा पक्राउ

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले दाइजोको निहुँमा कर्तव्य ज्यान मुद्दामा अदालतबाट एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको सजाय तोकिएका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

वीरगन्ज महानगरको कार्यालयमा आगलागीका कारण शैक्षिक फाइल नष्ट, विद्यालयहरूलाई पुनः कागजात बुझाउन आग्रह

कार्तिक १३। वीरगन्ज महानगरपालिका–नगर कार्यपालिकाको कार्यालयमा भदौ २४ गते भएको आगलागीका कारण शैक्षिक प्रशासन महाशाखाका महत्त्वपूर्ण फाइलहरू नष्ट भएपछि महानगरपालिकाले सम्बन्धित शैक्षिक संस्थाहरूसँग पुनः कागजात बुझाउन आग्रह गरेको छ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.