१५ वर्षिय बालिकालाई जर्वजस्ती करणको प्रयास गरेको अरोपमा प्रहरीले पटेर्वा सुगौली गाउँपालिका वडा नं ४ फरदवा निवासी २२ वबर्षिय आदेश पटेललाई गिरफ्तार गरेको छ । प्रहरीले पटेललाई चैत २८ गते गिरफ्तार गरेको हो ।
चैत २७ गते राती साढे १० बजेको समयमा आफनै घर नजिकको गोठमा दाउरा लिन जाँदा ति बालिकालाई जबरजस्ती करणीको उद्योग गर्दा पीडितको हारगुहारपश्चात् आरोपित व्यक्ति तत्काल भागेको पीडितका अभिभावकले बताए । २८ गते नै पीडितका अभिभावकले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिए । सोही दिन पटेललाई प्हरीले गिरफ्तार गर्यो ।
जबरजस्ती करणी उद्योग कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिनु भयो । पीडित बालिकको स्वास्थ्य परिक्षण बीरगंजको नारायणी अस्पतालमा चैत २८ मै भएको उहाँले बताउनु भयो ।
तपाईको प्रतिक्रिया