बीरगंज ६ बैशाख ।
प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि सैयौ किलोमिटर छिचोलेर घर हिडेका श्रमजीवीहरुको लाइन बाटोमा देख्न छडेको छ ।
प्रधानमंत्रीको निर्देशन पछि बाटोमा अलपत्र परेका मजदुरहरुलाई प्रहरीले बिभिन्न सवारी साधनमा राखेर उनीहरुको गन्तब्य सम्म पुर्याउन थालेको छ ।
धादिङको गजुरी र खानीखोला, चितवनको रामनगर र मुग्लिङ तथा मकवानपुरको कुलेखानी, पालुङ र भीमफेदी लगायत ठाउँमा अपलत्र परेका मजदुरहरूलाई प्रहरीले ट्रक लरीमा लगाएर गन्तव्यतर्फ पठाउन थालेको हो।
चितवनको रामनगरमा सामूहिक मेसमा खाना खुवाएपछि अलपत्र परेका मजदुरहरूलाई ट्रकमा चढाएर बुटवलतर्फ पठाइएको छ। त्याहा २सय ६६ जनालाई खाना खुवाइएको र अन्य मजदुरहरुकालागि पनि खाना खुवाउने काम भइरहको छ ।
घर फर्किने क्रममा अलपत्र परेका मजदुर र विपन्न नागरिकलाई स्थानीय प्रशासनको सहयोगमा घर प्रहरीले सवारीसाधनमार्फत घर पठाउन थालेको हो।
काठमाडौं उपत्यका लगायत आसपासका क्षेत्रबाट लकडाउनपछि काम बन्द हुँदा घर फर्केका मजदुरहरूको बिजोग भएपछि सहायता गरिएको बताए।
तपाईको प्रतिक्रिया