logo

लाभको पद छैन  तैपनि समानीको यात्रा निरन्तर छ

      4/18/2020 गते 00 00 मा प्रकाशित     1770   पटक पढिएको

बीरगंज ६ बैशाख ।
नेजामुदिन समानी जनताकालागि निकै सजिलो नेता । जनताले जाहा आवश्यकता महशुस गर्यो समानी त्यही उपलब्ध । चुनाव नलडेका होइनन । जनमतले साथ दिएन । लाभको कुनै पदमा पुगेका छैनन । राजनीतिक रुपमा पनि स्वच्छ छवी ।

 जनताको चिन्ता लिइरहने समानी कहिले नारायणी अस्पतालको बिकासको मिशनमा निस्कन्छन । कहिले सुधार अभियानमा सहभागि बन्छन । 

उद्धेश्य जनताले राम्रो र भरपर्दो सेवा पाउन । बीरगंज धनकुवेरहरुको नगरि अलिक धम्क्याउन सक्ने दुई चार कायर्कर्ता लगाएर झाकल झुकल गर्न सक्नेहरुसंग उधोगपतिहरु पनि संगत गर्छन ।

 उनीहरुका माध्यमले सामाजिक सेवाको अभियन पनि गरिहाल्छन । तर समानी जस्ता चरित्रका हिसावले उच्चो कद भएका नेताहरु मार्फत सामाजिक सेवाको कर्म गर्ने जाँगर धनकुवेरहरुमा पनि देखिदैन । तर पनि आफनै लयमा समानीको यात्रा निरन्तर छ ।
 
इमानको राजनीतिमा यौवन देखी अहिले सम्म निरन्तर लागि रहेका समानीलाई बिश्वास गर्ने र उनका माध्यमले समाजमा सेवा गर्ने कोही कोही चाही छन । सेवाको लागत ठुलो सानो होइन इच्छाको र पवित्रताको कुरा मुख्य हो ।

 त्यसैको एउटा नमुना  राष्ट्रिय आविष्कार केन्द्र काठमाण्डौले समानी मार्फत पोखरियामा रहेको जिल्ला अस्पताललाई स्वास्थ्य समाग्री उपलब्ध गराएको छ ।

 ९ थान पिपीई सेट,र बूमेन्स क्रियशन क्लब बीरगंजको तर्फबाट नूतन सरावगीले उपलब्ध गराउनु भएको स्यानेटाइजर,मास्क र केही गोल्वस पोखरिया अस्पताललाई उपलब्ध गराईको छ ।


 नेता समानीले स्वास्थ्य सुरक्षा समाग्री पोखरिया नगरपालिकाका प्रमुख दीप नारयण रौनीयारलाई हस्तान्तरण गर्नु भएको हो । सो अवसरमा उपप्रमुख सलमा खातुनको पनि हसभागिता रहेको थियो ।


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

चितवनमा रगतको चरम अभाव, रेडक्रस सोसाइटीद्वारा रक्तदान गर्न अपिल

चितवन । चितवन  जिल्लामा रगतको चरम अभाव भएको छ । यससंगै नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले रक्तदानका कार्यक्रम गरिदिन अपिल जारी गरेको छ ।

उपकार सेवाको सहयोग घरमै ह्वीलचेयर

वीरगंज । पोखरिया नगरपालिकाको वडा नं ६ सिर्सियाका एक बिरामीलाई “कुइन ज्वैलर्स काठमाडौं” को सहयोगमा ह्वीलचेयर प्रदान गरिएको छ।

खेलकुद

नारायणी रङ्गशालाको प्याराफिट पुनर्निर्माण कार्यको  सचिव शिवजी गुप्ताले गरे शिलान्यास

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी रङ्गशालाको प्याराफिट पुनर्निर्माण कार्यको मधेश प्रदेश खेलकुद परिषदका सदस्य सचिव सचिव शिवजी गुप्ताले शिलान्यास गरेका छन ।

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.