बीरगंज बैशाख ।
नेकपाका युवा नेता महमुद अन्सारीले आफ्नो घरमा बसेकाहरूलाइ घरभाडा छुट दिने घोषणा गर्नु भएको छ ।
वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीमा रहेको घरमा बहालमा बसेकाहरूलाई लकडाउन अवधिभरको भाडा नलिने उहाँलेबताउनु भएको हो ।
विश्वब्यापी रुपमा महामारीको रूपमा फैलिएको कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनमा घर बहालमा बसेकाहरूको समस्यालाई ध्यान दिदै र सरकारले गरेको आग्रहलाई स्वीकार गर्दै घर बहाल नलिने उहाँले बताउनु भयो ।
अन्सारीले आफनो घरमा बहालमा बसेकाहरूकोलागि लकडाउन अवधिको घरभाडा छुट दिने निर्णय गरेको बताउनुभयो ।
तपाईको प्रतिक्रिया