बीरगंज ९ बैशाख ।
७ वर्षिय बालिकालाई यौन दूब्र्यवहार गरेको आरोपमा प्रहरीले १४ वर्षिय एक बालकलाई बैशाख ८ गते गिरफ्तार गरेको छ ।
ठोरी गाउँपालिकाको वडा नं ३ मा बैशाख ६ गते यो घटना भएको हो । पीडित परिवारको तर्फबाट बैशाख ८ गते इलाका प्रहरी कार्यालय ठोरीमा उजुरी परेपछि घटना सार्वजनीक भएको हो ।
बैशाख ६ गते छिमेकीको घरमा टिभी हेर्ने क्रममा १४ वर्षिय युवकले बालीकामाथी यौन दुव्र्यवहार गरेको ईलाका प्रहरी कार्यलय ठोरीका प्रमुख इन्सपेक्टर अनिल शाहले जानकारी दिनुभयो।
घटनामा सग्लन रहेको आरोपमा युवकलाई पक्राउ गरी थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यलय पर्सा पठाइएको छ । पक्राउ परेका युवकले आफुबाट अन्जानमा गल्ती भएको ।
बालिकाको अवस्था सामान्य रहेको छ । घटनाको बिषयमा थप अनुसनधान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
तपाईको प्रतिक्रिया