logo

सहयोग राशी लिएर नगरप्रमुख साह नागरिकको आँगनमा

      4/23/2020 गते 00 00 मा प्रकाशित     1349   पटक पढिएको

बीरगंज ११ बैशाख ।
बहुदरमाई नगरपालिकाका प्रमुख नितेन्द्र साह सहयोग बोकेर आफना कर्मचारीको घर पुग्नु भयो ।

 

नगरपालिकामा कार्यरत एक कर्मचारीको गम्भिर रोगका कारण मृत्यु भयो । ति कर्मचारीको मृत्यु पछि उहाँको आश्रीत परिवार नै समस्यामा परेको थियो । तर नगरपालिका प्रमुखले लकडाउनको संकटको अवस्थामा घर पुगेरै आर्थिक सहयोग उपलब्ध गराउनु भयो । 


नगरपालिकामा कार्यरत कार्यालय सहयोगी संगीता श्रेष्ठ ब्रेन क्यान्सरका कारण मृत्यु भएको थियो ।  प्रमुख साहले श्रेष्ठका श्रीमान बिजय श्रेष्ठलाई ५० हजार रुपैया सहयोग उपलब्ध गराउनु भएको हो । 

 

बैशाख १० गते करेन्ट लागेर मृत्यु भएका नगरपालिकाको वडा नं .२ निवासी जयप्रकाश साहको परिवारलाई पनि  ५०  हजार रुपैया उपलब्ध गराउनु भएको नगरपालिकाका लेखापाल हरि राउतले बताउनु भयो । 

 

दुबै जनाको घर मै पुगी नगर प्रमुख नितेन्द्र साहले करेन्ट लागेर मृत्यु भएका साहकी श्रीमती अनिता देवी र कार्यालय सहयोगि श्रेष्ठका श्रीमान् विजयमा श्रेष्ठलाई सहयोग रकम बराबरको चेक हस्तान्तरण गर्नु भएको हो ।

 

मेयर साह संगै प्रमुख प्रशासकिय अधिकृत तिर्थ राज पौडेल, स्वास्थ्य शाखा प्रमुख राजकिशोर साह पनि चेक हस्तान्तरण गर्न पीडितको घरमा पुगेका थिए ।

 

दुबै पिडित परिवारको आर्थिक अवस्था कमजोर रहेकाले विपद्  ब्यवस्थापन कोषबाट कार्यपालिकाको निर्णय अनुसार सहयोग गरिएको नगरपालिका कार्यालयले जनाएको छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.