जिरा भवानी गाउँपालिकाले आफनो पालिकाका रक्त आवश्यकता भएका बिरामीकालागि निशुल्क रगत उपलब्ध गराउने भएको छ ।
रगत उपलब्ध गराउने बिषयमा नेपाल रेडक्रस सोसाइटी र जिराभवानी गाउँपालिकावीच समझौता भएको छ ।
चिकित्सकको सिफारिश र गाँउपालिका भित्रका विरामीले आफू त्यही पालिकाको भएको परिचय खुल्ने कागजात संलग्न राखेपछि नेपाल रेडक्रस सोसाइटी पर्साले नेपाल रक्त संचार केन्द्र मार्फत निशुल्क रगत उपलब्ध गराउने गरि द्विपक्षीय सम्झौता भएको छ ।
सम्झौता पत्रमा गाउँपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले र नेपाल रेडक्रस सोसाइटीको तर्फबाट वीरेन्द्रराज कडेलले हस्ताक्षर गरेका छन ।
रगत उपलब्ध गराउदा हुने चाँजको लाग्ने रकम प्रति युनिट एक हजार पचास रुपैया भने गाउँ पालिकाले नेपाल रक्त संचार केन्द्रलाई भूक्तानी गर्ने छ । गाउँपालिका भित्रका कर्मचारीको हकमा प्रमुख प्रशासकीय अधिकृतले सिफारिश गर्नु पर्ने प्रवन्ध सम्झौता पत्रमा उल्लेख छ ।
यस अघि बहुदरमाई नगरपालिकाले पनि आफनो नगरपालिकाका नागरिककालागि निशुल्क रक्त ब्यवस्था गरेको थियो । बीरगंज महानगरपालिकाले पनि सुत्केरी महिलालाई रगत चाहिएमा निशुल्क उपलब्ध गराउदै आएको छ ।
तपाईको प्रतिक्रिया