logo

गर्भवती श्रीमतीको हत्यागर्ने श्रीमान पक्राउ

 इसीमाना सम्वाददाता     २०७९ सावन २७ गते ००: ०४ मा प्रकाशित     588   पटक पढिएको

२२ वर्षिया गर्भवती श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले बीरगंज महानगपरपालिकाको वडा नं २३ इटीयाहीबाट २५ वर्षिय दिनेश यादवलाई शुक्रवार पक्राउ गरेको छ ।

 

प्रहरीले अनुसन्धानकालागि उनका दाजु २८ वर्षिय ओम प्रकाश यादवलाई पनि पक्राउ गरेको छ । बिहानको २ बजेको करिवमा श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपीतले प्रहरी समक्ष स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी प्रहलाद कार्कीले जानकारी दिए ।

 

२०७८ बैशाख ३१ गते बिवाह बन्धनमा बाँधिएका उनीहरुको बैवाहिक जीवन उतार चढावपूर्ण रहेको स्थानीयको भनाई छ । चार दिन अगाडि मात्र प्रतिमा यादव लाई ससुराले माइतबाट घर ल्याएका थिए । घरमा राम्रोसंग राख्ने , पालपोषण राम्रो गर्ने कुटपीट नगर्ने वाचा गरेर ल्याइएकी प्रतिमाको चार दिनको दिनमा हत्या भयो ।

 

उनको पेटमा ६ महिनाको गर्भ रहेको डिएसपी कार्कीले जानकारी दिए । मृतकका बुवा रामनरेश राउत अहिरले आजै जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएका छन ।


हत्याका बिषयमा प्रहरीलाई बिहानै स्थानीयले खवर गरेका थिए । प्रहरी समक्ष हत्या गरेको यादवले स्वीकार गरेपनि घटनाको बिषयमा थप अनुसन्धान भइरहेको डिएसपी कार्कीले बतए ।

 

घटनास्थलमा प्रहरी इन्सेक्टर डिल्लीराज सापकाटाको कमाण्डमा प्रहरी टोली पुगेको थियो । मृतकको शव पोस्टमार्टमको लागि नारायणी अस्पताल बीरगञ्जमा पठाइएको कार्कीले जानकारी दिए

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

वीरगन्जमा मधेश साहित्य महोत्सव २०२६ सुरु, भाषा–संस्कृति र दबिएका आवाजको साझा मञ्च

वीरगन्ज । मधेश तथा समग्र नेपालको भाषा, साहित्य र संस्कृतिको विविधतालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित मधेश साहित्य महोत्सव २०२६ बिहिवारदेखि वीरगन्जमा औपचारिक रूपमा सुरु भएको छ।

स्वच्छ, हरियाली र व्यवस्थित वीरगञ्ज निर्माणका लागि सबै सरिक भएर लाग्न आवश्यक छः प्रमुख सिंह

वीरगञ्ज ।  नेपाल–भारत सीमावर्ती क्षेत्र वीरगञ्जको मितेरीपुलमा सीमा सुरक्षा पोष्ट सञ्चालनमा ल्याइएको छ। सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उक्त पोष्ट सञ्चालनमा ल्याइएको हो।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.