logo

दुर्घटनामा परि पर्सामा तीन जनाको ज्यान गयो

      २०७९ कार्तिक ८ गते ०७: २० मा प्रकाशित     468   पटक पढिएको

वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ पानी टंकी सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा १९ वर्षिय युवाको मृत्यु भएको छ ।

ना ४६ प ३२९७ नं। को पल्सर मोटरसाइकल सोमबार मध्यराती सडकछेउमा रहेको बिजुलीको पोलमा ठोक्किँदा मोटरसाइकल चालक अनुप राईको मृत्यु भएको हो ।

 

टाउको तथा खुट्टामा गम्भिर चोट लागि, घाईते भएको अनुप राईलाई प्रहरी समेतको टोलीले ए.एम.सी. ।अस्पताल वीरगञ्ज लगी भर्ना गरेको थियो । उनका उपचारको क्रममा ज्यान गएको हो ।

सोलुखुम्बुको सल्यान गापाउँपालिका वडा नम्बर २ स्थायी घर भई वीरगञ्जमा बस्दै आएका थिए । यसैगरि


बिन्दबासिनी गाउँपालिकामा घरको स्ल्यापबाट लडेर वडा नं ३ इटियाहीका १६ वर्षीय अरबिन्दकुमार दासको मृत्यु भएको छ ।
सोमबार दिउँसो सवा ३ बजे उनी बाख्रालाई खुवाउन अम्बकको बोटतिर गएका थिए ।

 

त्यसक्रममा निर्माणाधीन एक तले घरको झ्याल बाहिर जडान भई नसकेको स्ल्यापमा टेकेका थिए । जडान नभएको स्ल्याप अचानक खुस्किन गई जमिनमा लडेर गम्भिर घाइते भएका थिए ।

प्रहरीले उद्धार गरी उपचारार्थ बाराको प्रसौनीस्थित एल.एस.न्युरो अस्पताल पुर्‍याएको थियो । अस्पतालका चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

त्यस्तैगरि मोटरसाइकल दुर्घटनामा परि घाइते भएकी सरस्वति देवी कुर्मीको उपचारको क्रममा मृत्यु भएको छ । ५ गते बिन्दवासीनी गाउँपालिकाको वडा नं २ निवासी कुर्मी ललन प्रसाद यादवले चलाएको मोटरसाइकलले ठक्कर दिदा घाइते भएकी थिइन । उनलाई उपचारकोलागि कलैया अस्पताल भर्ना गरिएकोमा पछि एल.एस.न्युरोमा रिफर गरी उपचार भइरहेको थियो ।

 

उपचारको क्रममा उनको त्यही मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी दीपक गिरीले जानकारी दिए । ललन प्रसाद यादव म्यादी प्रहरी हुन ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.