logo

नारायणी सिचांई ब्लाक २ को अध्यक्ष र कोषाध्यक्ष कलवार निलम्वित,बिशेष अदालतमा मुद्धा दायर

 इसीमाना सम्वाददाता     २०७९ मंसिर १३ गते ०३: २३ मा प्रकाशित     469   पटक पढिएको

पर्साको कालिकामाई गाउंपालिका १ मुड्ली निवासी दिनेश कलवारको श्रीमती कुसुम देवी कलवार र प्रमुख सहयोगी राजकिशोर पटेल माथी अख्तियार दुरुपयोग अनुसंधान आयोगले बिषेश अदालतमा मुद्दा दायर गरेको छ ।


नहर निर्माणको क्रममा भ्रष्टाचार भएको देखिएकोले नारायणी सिंचाई व्यवस्थापन डिभिजन नं.५, बहुअरी, वीरगंजका कर्मचारी नारायणी सिचांई ब्लाक २ को अध्यक्ष कलवार र उनका सहयोी बिरुद्ध अख्तियारले बिशेष अदालत काठमाडौंमा मुदा दायर गराएको हो ।

नारायणी सिंचाई व्यवस्थापन डिभिजन पर्सा ब्लक नं. २ र १० को नहर निर्माण कार्यमा भ्रष्टाचार भएको उजुरीको समबन्धमा छानबिन गर्दा उपभोक्ता समितिलाई काम नै नभएको अवस्थामा पनि झुट्टा बिल बनाई गलत भुक्तानी दिएको÷लिएको देखिएकोले भ्रष्टाचार मुद्दा दायर गराईएको अख्तियारले जनाएको छ ।

अख्तियारले नारायणी सिंचाई व्यवस्थापन डिभिजन नं. ५, बहुअरी, वीरगंजका तत्कालीन सिँचाई डिभिजन ईञ्जिनियर मदन मोहन झा र तत्कालिन तत्कालीन लेखा अधिकृत मुरारी प्रसाद आचार्य बिरुद्ध जनही ५ लाख ६१ हजार ९५० रुपैया बिगो कायम गरी कैद र बिगो बमोजिमको जरिवाना गरी बिगो असुल उपर हुने गरी मागदाबी सहितको भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

यस्तै ब्लक नम्बर २ हरिहरपुर बिर्ता, पर्साका अध्यक्ष कुसुम देवी कलवार र कोषाध्यक्ष राजकिशोर प्रसाद बिरुद्ध पनि जनही ५ लाख ६१ हजार ९५० रुपैया बिगो कायम गरि कैद र बिगो बमोजिम जरिवाना गरी बिगो असुल उपर हुने गरी मागदाबी सहितको भ्रष्टाचार मुद्दा दायर गराइएको अख्तियारका प्रबक्ता शयाम प्रसाद भण्डारीले जानकारी दिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.