logo

मानव सेवा आश्रमको भवन निर्माणकालागि आदर्शनगरमा नेप्थ्यको सांगीतीक प्रस्तुती हुने

 इसीमाना सम्वाददाता     २०७९ मंसिर १७ गते ०८: ४० मा प्रकाशित     647   पटक पढिएको

मंसिर १६ गते विराटनगरदेखि सुरु भएको नेपथ्यको एक महिने सांगीतिक यात्रा अन्र्तगत भोली १९ गते वीरगंजमा प्रस्तुती हुने छ ।

 

वीरगन्जको आदर्शनगर रंगशालामा मंसिर १९ गते सागीतक कार्यक्रम हुने मानव सेवा आश्रमले शनिवार पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको हो ।


वीरगन्जको आदर्शनगर रंगशालामा मंसिर १९ गते सोमबार अपरान्ह ४ बजेदेखि बेलुकी ८ बजेसम्म सांगितिक प्रस्तुती रहने छ ।


सांगीतिक प्रस्तुतीका लागि नेपथ्य व्याण्ड वीरगन्जमा आईपुगेको र तयारी तीब्र भईरहेको सांगीतिक कार्यक्रमका संयोजक गणेश लाठले बताए । लाठले यो पटकको प्रस्तुतीले वीरगंजको पहिचानलाई सकारात्मक दिशा दिने बिश्वास ब्यक्त गरे ।

 

उनले मानवीय सेवामा समर्पित सांगीतीक प्रस्तुती मार्फत वीरगंजले सकडमानव मुक्त नेपाल बनाउने अभियानलाई बल पुर्याउने बताए ।

सहयोग स्वरुप एकहजार दरको टिकटको व्यावस्था गरिएको जानकारी दिदै अहिले सोचे अनुसारको टिकट विक्री नभएपनि कार्यक्रम आयोजना हुने दिनमा टिकट विक्री बढ्नेमा आशावादी रहेको मानव सेवा आश्रमका संरक्षक प्राध्यापक डाक्टर दीपक शाक्यले बताए ।

 

मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा शाक्य, लाठ सहित शिवजी गुप्ता, मिनाक्षी गुप्ता, प्रकाश थारु लगायतको पनि उपस्थिति रहेको थियो ।


अन्तिममा नेपथ्य ब्याण्ड राजधानी काठमाडौं पुग्नेछ। काठमाडौंको पुस १६ गते भृकुटीमण्डपमा हुने कन्सर्टमा नेपथ्यले आफ्नो अन्तिम प्रस्तुती दिनेछ। आफ्ना गीतहरूलाई ‘मानवता प्रवर्द्धन अभियान’सँग जोड्नका लागि नेपथ्यले यो अभियान चलाएको बताइएको छ ।

 

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.