logo

मानव सेवा आश्रमको भवन निर्माणकालागि आदर्शनगरमा नेप्थ्यको सांगीतीक प्रस्तुती हुने

 इसीमाना सम्वाददाता     २०७९ मंसिर १७ गते ०८: ४० मा प्रकाशित     492   पटक पढिएको

मंसिर १६ गते विराटनगरदेखि सुरु भएको नेपथ्यको एक महिने सांगीतिक यात्रा अन्र्तगत भोली १९ गते वीरगंजमा प्रस्तुती हुने छ ।

 

वीरगन्जको आदर्शनगर रंगशालामा मंसिर १९ गते सागीतक कार्यक्रम हुने मानव सेवा आश्रमले शनिवार पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको हो ।


वीरगन्जको आदर्शनगर रंगशालामा मंसिर १९ गते सोमबार अपरान्ह ४ बजेदेखि बेलुकी ८ बजेसम्म सांगितिक प्रस्तुती रहने छ ।


सांगीतिक प्रस्तुतीका लागि नेपथ्य व्याण्ड वीरगन्जमा आईपुगेको र तयारी तीब्र भईरहेको सांगीतिक कार्यक्रमका संयोजक गणेश लाठले बताए । लाठले यो पटकको प्रस्तुतीले वीरगंजको पहिचानलाई सकारात्मक दिशा दिने बिश्वास ब्यक्त गरे ।

 

उनले मानवीय सेवामा समर्पित सांगीतीक प्रस्तुती मार्फत वीरगंजले सकडमानव मुक्त नेपाल बनाउने अभियानलाई बल पुर्याउने बताए ।

सहयोग स्वरुप एकहजार दरको टिकटको व्यावस्था गरिएको जानकारी दिदै अहिले सोचे अनुसारको टिकट विक्री नभएपनि कार्यक्रम आयोजना हुने दिनमा टिकट विक्री बढ्नेमा आशावादी रहेको मानव सेवा आश्रमका संरक्षक प्राध्यापक डाक्टर दीपक शाक्यले बताए ।

 

मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा शाक्य, लाठ सहित शिवजी गुप्ता, मिनाक्षी गुप्ता, प्रकाश थारु लगायतको पनि उपस्थिति रहेको थियो ।


अन्तिममा नेपथ्य ब्याण्ड राजधानी काठमाडौं पुग्नेछ। काठमाडौंको पुस १६ गते भृकुटीमण्डपमा हुने कन्सर्टमा नेपथ्यले आफ्नो अन्तिम प्रस्तुती दिनेछ। आफ्ना गीतहरूलाई ‘मानवता प्रवर्द्धन अभियान’सँग जोड्नका लागि नेपथ्यले यो अभियान चलाएको बताइएको छ ।

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.