logo

गुणस्तरीय शिक्षाकालागि बिद्यालय बर्गिकरण तथा शुल्क निर्धारण गरिएको महानगरको दावी , षडयन्त्र भएको सघर्ष समितिको भनाई

 इसीमाना सम्वाददाता     २०७९ मंसिर २३ गते ०७: ३५ मा प्रकाशित     1260   पटक पढिएको

वीरगञ्ज महानगरपालिकाले संस्थागत विद्यालयहरुको स्तर वर्गिकरण तथा शुल्क निर्धारणका बिषयमा उठेका बिभिन्न प्रश्नहरुको जवाफ दिएको छ ।

महानगरले आफनै कार्यालयमा एक पत्रकार सम्मेलनको अयोजना गरेर बिद्यालयको बर्गिकरण र शुल्क निर्धारणको काम शिक्षा ऐन , नियमावलीर स्थानीय सरकार संचालन ऐनको परिधिमा रहेर गरिको जानकारी दिएको छ ।

शिक्षालाई सुलभ र गुणस्तरीय बनाउनकालागि बिद्यालयको बर्गिकरण र शुल्क निर्धारण गरिएको महानगरप्रमुख राजेशमान सिंहले बताए । शिक्षा क्षेत्रलाई सुधार गर्ने र आम अभिभावकको चिन्ता र चासोलाई सम्बोधन गर्नकालागि बिद्यालयको बर्गिकरण शुल्क निर्धारण गरिएको उले बताए ।

बिद्यालयले आफूले गरेको स्वमूल्यकनलाई महानगरको तर्फबाट बिज्ञ सम्मिलीत टोलीद्वारा पूनः मूल्याकन गरि बिद्यालय बर्गिकरण गरिएको उनले बताए । प्रमुख सिंहले शिक्षा नियमावलीले अनुसुची २१ २१ गरेको ब्यवस्था अनुसार बिदालयको शुल्क निर्धारण गरेको समेत जानकारी दिए ।

 

महानगरका शिक्षा शाखा प्रमुख अरविन्द लाल कर्णले महानगरमा रहेका ११९ वटा सामुदायिक विद्यालयहरु मध्ये अहिले ५८ वटा विद्यालयको वर्गिकरण गरिएको र वर्गिकरणका लागि नआएका सबै विद्यालयलाई तल्लो “घ” वर्गमा राखिएको जानकारी दिए ।

 

पत्रकार सम्मेलनमा महानगर प्रमुख सिंहले आफूहरुले कुनै विद्यालयको शुल्क बढाउने र कुनैको घटाउने कार्य नगरेको भन्दै शिक्षा नियमावलीले निर्धारण गरेको सुत्रको आधारमा शुल्क निर्धारण भएको बताए ।

 

उनका अनुसार केही विद्यालयमा वर्गिकरण पछि अहिले निर्धारण भएको शुल्क गत वर्षको भन्दा पनि न्यून आएको र कुनैको भने केही बढ्न गएको देखिएको छ । शुल्क निर्धाणरमा “क” वर्गमा परेका बिद्यालयको शुल्क केही घटेको देखिन्छ भने “ख” श्रेणीमा परेका बिद्यालयको शुल्क केही बढेको देखिन्छ । “ग” श्रेणीका बिद्यालयको पनि केह शुल्क बढेको देखिन्छ ।

 

“ग” श्रेणीमा परेको एउटा बिद्यालयले अहिले सम्म कक्षा १० को शुल्क २ हजार ९ सय ५० रुपैया लिदै आएकोमा महानगरले गरेको शुल्क निर्धारण पछि उसले ३ हजार १ सय रुपैया शुल्क लिन पाउने देखिन्छ ।

महानगरले निर्धारण गरेको शुल्क भन्दा बढी लिए त्यस्तो विद्यालयलाई कारबाही गर्ने पनि महानगरले चेतावनी दिएको छ । महानगरको निर्देशन विपरित शुल्क असुल गर्नेलाई २५ हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना, स्तर घटुवाका साथै विद्यालय खारेजसम्मको कारबाही हुने व्यवस्था ऐनमा उल्लेख छ ।

पत्रकार सम्मेलनमा महानगरका उपप्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेल, शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्ण वडा नम्वर ४ का वडाध्यक्ष जगत साह कानु, ५ का प्रदीप चौरसिया, समितिका सदस्य डा.दीपेन्द्र चौधरी लगायतको उपस्थिति रहेको थियो ।
यसैवीच अभिभावक संघर्ष समितले बिद्यालयको बर्गीकरण र शुल्क निर्धारणको बिषयमा आफनो असहमती रहेको सार्वजनीक गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा दर्ता भएको अभिभावक संघले शुल्क निर्धाणरमा अभिभावकको सहभागिता नगराइएको भन्दै शुल्क निर्धाण प्रति असहमत जनाएको स.घ अध्यक्ष सन्दीप साहले बताए ।

उनले बिद्यालयको बर्गिकरण पनि दोषपूर्ण रहेको बताएका छन । शिक्षा नियमावलीले बनाएको मापदण्डा अनुसार वीरगंजमा ज्ञानदा एकेडेमी बाहेक अन्य स्कूल “क ” वर्गामा नपर्ने उनले दावी गरेका छन ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.