बिल बिजक नभएको ५५ लाख मूल्य बराबरको खुद्रा, लत्ताकपडा तथा औषधीजन्य सामाग्रीहरू पर्सा प्रहरीले आवश्यक कारवाहीकोलागि मंगलवार राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ ।
बिल विजक भन्दा बढी खुद्रा, लत्ता कपडा तथा औषधी लगायतका सामानहरू बोकेको ट्रक ग्रिन सिटी चोकबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
नमस्ते कार्गो ट्रासपोर्टबाट कास्की तर्फ पठाउनलागिएको बिशेष सूचनाका आधारमा प्र.२-०३-००१ ख ३६९४ नम्बरको मालवाहक ट्रकलाई रोकी चेकजाँच गर्दा बिल बिजक शंकास्पद फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक दीपक गिरीले जानकारी दिए ।
उक्त ट्रक बिर्ता वडा प्रहरी कार्यालयको प्रहरीले टोलीले मंगलवार बिहान १ बजे नियन्त्रणमा लिएको हो ।
तपाईको प्रतिक्रिया