logo

कोल्हवीमा आँखा शिविर सम्पन्न, ९१ जनाको मोतियाबिन्दको अप्रेशन निशुल्क हुने

 इसीमाना सम्वाददाता     २०७९ पौष १६ गते ०९: ०४ मा प्रकाशित     336   पटक पढिएको

वीरगन्ज सामुदायिक आँखा अस्पतालद्वारा बाराको कोल्हवी नगरपालिकमा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ । कोल्हवी नगरपालिकाको सहयोगमा आँखा शिविरको आयोजना गरिएको हो ।

आँखा शिविरको कोल्हवी नगरपालिकाका प्रमुख रामप्रसाद चौधरीले उद्घाटन गरेका थिए। शिविरमा परीक्षण गराउन आउनेहरु २ सय ८० जनाको आँखा परीक्षण गरिएको वीरगन्ज सामुदायिक आँखा अस्पतालका संयोजक महेशसिंह धामीले जानकारी दिए ।

परीक्षणका क्रममा ९१ जनामा मोतियाविन्दुको समस्या देखा परेको र उनीहरुको वीरगन्ज सामुदायिक आँखा अस्पतालले निःशुल्क शल्यक्रिया गरिदिने मेडिकल संयोजक धामीले बताए । उनीहरको शल्यक्रिया आउने सोमबार वीरगन्ज सामुदायिक आँखा अस्पतालमा हुने पनि उनले बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

मननपुरको बाँसघारीमा २४ किलो लागु औषध चरेस बरामद

वीरगन्ज । पर्साको पोखरियाबाट सशस्त्र प्रहरीले २४ किलो ५०० ग्राम  लागूऔषध चरेस बरामद गरेको छ ।

मधेश प्रहरी प्रमुख आचार्य सहित ६ जना एआईजीमा बढुवा सिफारिश

काठमाडौं । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआईजी) लालमणि आचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) पदमा बढुवा सिफारिस गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.