अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय, पर्साका कम्प्युटर अपरेटर संजयप्रसाद यादवविरुद्ध २५ हजा जरिवाना र तीन महिनाको कैदाको माग दावी गर्दै बिशेष अदालतमा मुद्दा दायर गरेको छ ।
असोज ३१ गते ५ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ परेका थिए । भदौमा उनले सेवाग्राहीसंग ६ हजार रकम लिइसकेका थिए । पटक पटक गरि ११ हजार रुपैया घुस लिएका यादव बिरुद्ध मुद्धा दायर गरेको हो ।
अख्तियारका अनुसार उनले रोक्का रहेको जग्गा फुकुवा गर्न सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस लिएका थिए ।
उनले ११ हजार घुस लिएको पुष्टि हुन आएकोले निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिमको कसूर भएको हुँदा यादवलाई ११ हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र बिगोबमोजिम जरिवानाको सजाय मागदावी लिई विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।
तपाईको प्रतिक्रिया