ढलान गरिएको भर्याङको सेन्ट्रिङ खोल्दा भर्याङले किची गम्भीर घाइते भएका २१ वर्षिय राज मण्डलको उपचारको क्रममा मृत्यु भएको छ ।
बहुदरमाई नगरपालिकाको वडा –४ को तिलावे खोला नजिक छठघाटकालागि बनाएको भ¥याङको सेन्ट्रि खोल्दा भर्याङले किची गम्भीर घाइते भएका बहुदरमाई नगरपालिका वडा नं–५ भौराटारका मण्डलको मृत्यु भएको हो ।
बहुदरमाई नगरपालिका वडा नं–५ पटनी बस्ने ३५ वर्षिय अमर महताको अवस्था समान्य रहेको छ । उनको वीरगंजको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।
इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक आयुष जोशीको कमाण्डमा खटिएको प्रहरीले टोली लास जाँच प्रकृति मुचुल्का लगायतको कार्य सम्पन्न गरि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी दीपक गिरीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया