logo

वीरगञ्ज पब्लिक कलेजको वार्षिकउत्सवमा भब्य कार्यक्रमको आयोजना,बिभिन्न बिद्याका बिजयीहरु पुरस्कृत

 इसीमाना सम्बाददाता      २०७९ पौष २४ गते ०६: १८ मा प्रकाशित     630   पटक पढिएको

वीरगञ्ज पब्लिक कलेजले आफनो वार्षिकउत्सवको अवसरमा आयोजना गरेको नृत्य तथा गायन प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा आइतवार सम्पन्न गरेको छ । यो संगै द्वारा आयोजित पुष १२ गतेदेखि शुरु भएको आउटडोर तथा इन्डोर खेलका बिजयी खेलाडीहरुलाई पदक बितरण गरेको छ ।No description available.

क्याम्पसका अध्यक्ष संकल्प शाक्यको अध्यक्षतामा आयोजना गरिएको समारोहमा मधेश बिश्वबिद्यालयका उपकुलपती डा. दीपक शाक्यले आजको युग सुहाउदो जनशक्ति उत्पादनमा कलेजले ध्यान दिएको बताए । उनले कितावी ज्ञान भन्दा बाहिर अतिरिक्त क्रियाकलापमा बिद्यार्थीको सहभागिताले मात्र समाज चिन्ने बुझ्ने अवसर प्राप्त हुने बताए ।

 

उनले वीरगंजका कलेजहरुलाई प्रतियोगितात्मक अतिरिक्त क्रियाकलाप मिलेर संचालन गर्न आवहान गरे । त्यस्तै डा. बिश्वम्भर शर्माले ब्यवहारिक ज्ञानको माध्यमले नै बिद्यार्थीमा प्रतिस्पर्धात्मक क्षमता र भावनाको बिकास हुने बताए ।

No description available.

डा. सुष्मा तिवारीले आजको बिद्यार्थीले भोली समाजको बिभिन्न क्षेत्रमा नेतृत्व गरेर आफनो समाज र कलेजको नाम उच्च राख्ने शुभकामना दिइन । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछानेले समाजको स्तरीकरणको यो चरणमा बिद्यार्थीहरुले पनि खुला रुपमा सोच्ने र आजको आवश्यकतालाई पुरा गर्ने गरि आफूलाई तयार पार्न सुझाव दिए ।

No description available.

 

उनले बिपिसी वीरगंजको शिक्षाको बिकासमा एउटा पहिलो स्तम्भको रुपमा रहेको स्मरण गर्दै समाज र राष्ट्रको नेतृत्व गर्ने जनशक्ति उत्पादनमा योगदान दिएको भन्दै प्रशंसा गरे । कलेजले हरेक वर्ष पुष महिनाको दोस्रो हप्तादेखि आयोजना गर्ने विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमका बिजयीहरुलाई आज समापन समारोहका बिच पुरस्कृत गरिएको छ ।

No description available.

क्रिकेट, फुटबल, बास्केट बल, कबड्डी, चित्रकला, वक्तृत्वकला, गायन, नृत्य लगायतका १६ वटा प्रतियोगितामा ७ सय ६० जना विद्यार्थीको प्रत्यक्ष सहभागिता रहेको थियो ।
विद्यार्थीहरुको पढाईसँगै सर्वाङ्गीन विकासका लागि टेवा पुग्ने अभिप्रायले हरेक वर्ष अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई सहभागि बनाउने गरिएको कलेजका संयोजक बासुदेव कर्णले बताए ।

कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांगितीक प्रस्तुतीसमेत प्रस्तुत गरेका थिए ।कार्यक्रमको संचालन कलेजका इन्टरप्योनरसिप र आइटी क्लबवका छात्र छात्राहरुले ब्यवस्थापन गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहत कोषमा हरिखेतान बहुमुख क्याम्पसको ५ लाखको योगदान

वीरगञ्ज ।  वीरगञ्जस्थित  हरिखेतान बहुमुखी कलेजले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ।

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.