शुक्रबार बीरगंजबाट भन्सारछली गरी सामान बोकेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । बिल विजक भन्दा बढी आलमुनियम, नरिवल तथा बदाम बोकेको ट्रक वीरगञ्जबाट झापातर्फ गइरहेको थियो ।
प्रहरीले बिशेष सूचना पाएपछि शुक्रबार राती वीरगञ्ज महानगरपालिका वडा नं १६ नगवा स्थित सडकखण्डमा उक्त ट्र बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी दीपक गिरीका अनुसार ना ६ ख ४७५६ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा पूर्वाञ्चल ट्रासपोर्टबाट पठाइएको ट्रकमा विल बिजक शंकास्पद देखिएपछि नियन्त्रणमा लिएको थियो ।
अन्दाजी २९ लाख ६९ हजार ९ सय ३ रुपैयाँ बराबरको आलमुनियम, नरिवल तथा बदाम फेला पारी थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि आइतबार राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ ।
तपाईको प्रतिक्रिया