logo

राहतका लागि खरिद गरेको एउटै वस्तुको फरक मूल्य, सरकारको सक्षमतामै गम्भीर सवाल 

      6/7/2020 गते 00 00 मा प्रकाशित     1138   पटक पढिएको

वीरगन्ज, २५ जेठ ।

राहत वितरणका लागि खरिद गरिएको खाद्यान्न सामग्रीमा प्रदेश नम्बर २ सरकार र वीरगन्ज महानगरपालिकाको दर रेटमा फरक पाईएको छ । राहत वितरणका लागि खरिद गरिएको खाद्यान्न सामग्रीको मूल्यमा वीरगन्ज महानगरपालिकाले खरिद गरेको दररेट भन्दा बढी मूल्यमा प्रदेश सरकारले खरिद गरेको पाईएको हो ।

प्रदेश सरकारले दोश्रो चरणको राहत वितरणका लागि प्रदेशका आठवटै जिल्लाका घरेलु तथा साना उद्योग कार्यालय मर्फत राहत सामग्री खरिद गरेको थियो । घरेलु तथा साना उद्योग कार्यालय पर्साले खरिद गरेको चामल, दाल, तेल, नुन लगायतका एउटै गुणस्तरका वस्तुमा पनि फरक मूल्य पाईएको छ ।

वीरगन्ज महानगरपालिकाले ४२ रुपैंया प्रतिकिलोमा खरिद गरेको चामल प्रदेश सरकारको तर्फबाट घरेलु तथा साना उद्योगले खरिद गरेको चामल प्रतिकिलो ४५ रुपैया परेको छ । त्यस्तै महानगरपालिकाले ९५ रुपैंयामा खरिद गरेको दालको मूल्य प्रदेशले १२० रुपैंयामा खरिद गरेको छ ।

तेल १६० रुपैंयामा वीरगन्ज महानगरपालिकाले किनेको छ भने, प्रदेश सरकारले खरिद गरेको तेलको मूल्य १८० रुपैंया रहेको छ । नून १८.५० रुपैंया प्रति प्याकेट महानगरपालिकाले खरिद गरेको छ भने प्रदेशले खरिद गरेको नूनको मूल्य २० रुपैंया प्रति प्याकेट परेको छ ।

साबुनको पनि १५.५० रुपैंया प्रतिगोटामा महानगरपालिकाले खरिद गरेको छ । प्रदेश सरकारले खरिद गरेको साबुनको मूल्य प्रति गोटा ३० रुपैंया रहेको छ । प्रदेश सरकारको तर्फबाट घरेलु तथा साना उद्योगले सोयोविन ६५ रुपैंयामा खरिद गरेको छ । बोलपत्र मार्फत खरिद गरेर तयार पारिएको राहत पोकाको १ हजार ७ सय ४५ रुपैंया ९७ पैसा परेको घरेलु तथा साना उद्योग कार्यालय पर्साले जनाएको छ ।

एउटै वस्तुको फरक फरक मूल्य पाईएपछि प्रदेश सरकारको सक्षमतामाथि नै नागरिकले गम्भीर सवाल उठाएका छन् । राहत खरिदमा अनियमितता हुने गरेको भन्दै सरकारको व्यापक आलोचना हुने गरेको छ । एउटै स्थानमा एउटै वस्तुको मूल्य फरक फरक पाईनुले प्रदेश सरकारमाथि नै विश्वासको संकट पैदा गरेको छ ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

माघे संक्रान्तिमा मोतियाबिन्दु शल्यक्रिया गराएका ५३ बिरामीलाई कम्बल वितरण

वीरगञ्ज। माघे संक्रान्तिको अवसरमा माघ १ गते बिहीबार रुङ्ग्टा वेल्फेयर सोसाइटीको सहयोगमा तथा लायन्स क्लब अफ वीरगञ्ज परिवार, लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगर र लायन्स क्लब पोखरिया को संयुक्त आयोजनामा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।

आइजीपी  कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्ज अवलोकन, खाजा तथा खाद्यान्न सहयोग

वीरगञ्ज । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्की ले वीरगञ्ज महानगरपालिका–२५, सिरिसियामा अवस्थित मानव सेवा आश्रम, वीरगञ्ज शाखा को अवलोकन भ्रमण गरेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.