logo

राहतका लागि खरिद गरेको एउटै वस्तुको फरक मूल्य, सरकारको सक्षमतामै गम्भीर सवाल 

      6/7/2020 गते 00 00 मा प्रकाशित     1299   पटक पढिएको

वीरगन्ज, २५ जेठ ।

राहत वितरणका लागि खरिद गरिएको खाद्यान्न सामग्रीमा प्रदेश नम्बर २ सरकार र वीरगन्ज महानगरपालिकाको दर रेटमा फरक पाईएको छ । राहत वितरणका लागि खरिद गरिएको खाद्यान्न सामग्रीको मूल्यमा वीरगन्ज महानगरपालिकाले खरिद गरेको दररेट भन्दा बढी मूल्यमा प्रदेश सरकारले खरिद गरेको पाईएको हो ।

प्रदेश सरकारले दोश्रो चरणको राहत वितरणका लागि प्रदेशका आठवटै जिल्लाका घरेलु तथा साना उद्योग कार्यालय मर्फत राहत सामग्री खरिद गरेको थियो । घरेलु तथा साना उद्योग कार्यालय पर्साले खरिद गरेको चामल, दाल, तेल, नुन लगायतका एउटै गुणस्तरका वस्तुमा पनि फरक मूल्य पाईएको छ ।

वीरगन्ज महानगरपालिकाले ४२ रुपैंया प्रतिकिलोमा खरिद गरेको चामल प्रदेश सरकारको तर्फबाट घरेलु तथा साना उद्योगले खरिद गरेको चामल प्रतिकिलो ४५ रुपैया परेको छ । त्यस्तै महानगरपालिकाले ९५ रुपैंयामा खरिद गरेको दालको मूल्य प्रदेशले १२० रुपैंयामा खरिद गरेको छ ।

तेल १६० रुपैंयामा वीरगन्ज महानगरपालिकाले किनेको छ भने, प्रदेश सरकारले खरिद गरेको तेलको मूल्य १८० रुपैंया रहेको छ । नून १८.५० रुपैंया प्रति प्याकेट महानगरपालिकाले खरिद गरेको छ भने प्रदेशले खरिद गरेको नूनको मूल्य २० रुपैंया प्रति प्याकेट परेको छ ।

साबुनको पनि १५.५० रुपैंया प्रतिगोटामा महानगरपालिकाले खरिद गरेको छ । प्रदेश सरकारले खरिद गरेको साबुनको मूल्य प्रति गोटा ३० रुपैंया रहेको छ । प्रदेश सरकारको तर्फबाट घरेलु तथा साना उद्योगले सोयोविन ६५ रुपैंयामा खरिद गरेको छ । बोलपत्र मार्फत खरिद गरेर तयार पारिएको राहत पोकाको १ हजार ७ सय ४५ रुपैंया ९७ पैसा परेको घरेलु तथा साना उद्योग कार्यालय पर्साले जनाएको छ ।

एउटै वस्तुको फरक फरक मूल्य पाईएपछि प्रदेश सरकारको सक्षमतामाथि नै नागरिकले गम्भीर सवाल उठाएका छन् । राहत खरिदमा अनियमितता हुने गरेको भन्दै सरकारको व्यापक आलोचना हुने गरेको छ । एउटै स्थानमा एउटै वस्तुको मूल्य फरक फरक पाईनुले प्रदेश सरकारमाथि नै विश्वासको संकट पैदा गरेको छ ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.