प्रदेश नम्बर २ प्रहरीले रौतहटको बञ्जाराबाट ८० बोरा मटर नियन्त्रणमा लिएको छ । ना २ त ६११ नम्बरको ट्याक्टरमा नेपालबाट भारततर्फ लगिरहेको अवस्थामा प्रदेश प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक बरुण सिंहको नेतृत्वमा आएको प्रहरी टोलीले रौतहटको बञ्जराबाट ५० केजीको ८० बोरा मटर आईतबार बरामद गरेको हो ।
रौतहटको सीमा नाकामा तस्करी भईरहेको सूचनाको आधारमा प्रदेश प्रहरी प्रमुख डीआईजी धिरज प्रताप सिंहले खटाएको प्रहरी निरीक्षक वरुण सिंहको टोलीले ट्याक्टर सहितको ८० बोरा मटर बरामद गरेको हो ।
बारमद गरिएको मटर आवश्यक अनुसन्धान भईरहेको प्रहरी निरीक्षक वरुण सिंहले जानकारी दिए । प्रदेश प्रहरीको टोलीले मटर बरामद गरेपछि रौतहट प्रहरीको नेतृत्वमाथि गम्भीर प्रश्न उठेको छ । नेपाल र भारत दुवैतर्फ तस्करीमा चर्चा कमाएको स्थान हो । बरामद मटर राम बहादुर र मिश्रीलाल भन्ने तस्करको रहेको बुझिएको छ ।
तपाईको प्रतिक्रिया