logo

हिन्दु परिषद नेपालद्वारा एमसीसीको विरोध 

      6/8/2020 गते 00 00 मा प्रकाशित     3058   पटक पढिएको

इसीमाना संवाददाता
वीरगन्ज, २६ जेठ । अमेरीकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) को विरोधमा हिन्दु परिषद नेपालले आज वीरगन्जमा प्रदर्शन गरेको छ ।

लकडाउनको समयमा पनि भौतिक दूरी कायम गर्दै राष्ट्र विरोधी सम्झौता लागू गर्न नगर्न प्रदर्शन गरेका हुन् । हिन्दु परिषद नेपालका केन्द्रीय अध्यक्ष संतोष पटेलको नेतृत्वमा भएको विरोध प्रदर्शनमा ‘नो एमसीसी, एमसीसी चाहिदैन, लागू गर्न पाईदैन, देशद्रोही नेताहरु मुर्दावाद, देश बेच्न पाईदैन भनेर  लेखिएका प्लेकार्ड सहित वीरगन्जको घण्टाघरमा बिहान ८ बजेदेखि नौ बजेसम्म विरोध प्रदर्शन गरेका हुन् ।

कुनै पनि सहयोगको सम्झौता सीमित समयका लागि मात्रै हुने र त्यसको पनि राष्ट्र र जनताको हितमा हुनुपर्ने भएपनि एमसीसी सम्झौता नेपाली नागरिकको हितमा नभएकोले लागू गर्नु राष्ट्रघात हुने भएकोले विरोध गरिएको हिन्दु परिषद नेपालका अध्यक्ष पटेलले बताउनुभयो । आज वीरगन्जदेखि शुरु भएको यो विरोध प्रदर्शन देशभरी नै गर्ने उहाँले जानकारी दिनुभयो ।

आजको विरोध प्रदर्शनमा परिषदका महासचिव अनिरुद्ध सिंह, कोषाध्यक्ष सञ्जय सर्राफ, केन्द्रीय सदस्य सुरेश साह कानु, सचितानन्द दुवे, लालबाबु कुर्मी, भरत सर्राफ, श्रीराम उपाध्याय, पर्सा जिल्ला अध्यक्ष हरेन्द्र पटेल, नगर अध्यक्ष प्रमोद सिंह लगायतको उपस्थिति रहेको थियो ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

आर्थिक रूपमा कमजोर महिलालाई जिल्ला स्तरीय समितिबाट राहत सहयोग प्रदान

वीरगंज । पर्साको वीरगंजमा  घटेको एक दुःखद घटनापछि आर्थिक रूपमा अत्यन्त कमजोर अवस्थामा रहेकी एकल महिलालाई राहत स्वरूप नगद सहयोग प्रदान गरिएको छ।

थारू संस्कृति प्रवर्द्धनका लागि चौधरीको संयोजकत्वमा वीरगञ्जमा माघी मूल समारोह समिति गठन

पर्सा जिल्लाको वीरगञ्जमा थारू समुदायको महान् पर्व माघी (खिचडी) २०८२ लाई सभ्य, सुसंस्कृत र भव्य रूपमा मनाउने उद्देश्यले नयाँ मूल समारोह समिति गठन गरिएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.