logo

हिन्दु परिषद नेपालद्वारा एमसीसीको विरोध 

      6/8/2020 गते 00 00 मा प्रकाशित     3243   पटक पढिएको

इसीमाना संवाददाता
वीरगन्ज, २६ जेठ । अमेरीकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) को विरोधमा हिन्दु परिषद नेपालले आज वीरगन्जमा प्रदर्शन गरेको छ ।

लकडाउनको समयमा पनि भौतिक दूरी कायम गर्दै राष्ट्र विरोधी सम्झौता लागू गर्न नगर्न प्रदर्शन गरेका हुन् । हिन्दु परिषद नेपालका केन्द्रीय अध्यक्ष संतोष पटेलको नेतृत्वमा भएको विरोध प्रदर्शनमा ‘नो एमसीसी, एमसीसी चाहिदैन, लागू गर्न पाईदैन, देशद्रोही नेताहरु मुर्दावाद, देश बेच्न पाईदैन भनेर  लेखिएका प्लेकार्ड सहित वीरगन्जको घण्टाघरमा बिहान ८ बजेदेखि नौ बजेसम्म विरोध प्रदर्शन गरेका हुन् ।

कुनै पनि सहयोगको सम्झौता सीमित समयका लागि मात्रै हुने र त्यसको पनि राष्ट्र र जनताको हितमा हुनुपर्ने भएपनि एमसीसी सम्झौता नेपाली नागरिकको हितमा नभएकोले लागू गर्नु राष्ट्रघात हुने भएकोले विरोध गरिएको हिन्दु परिषद नेपालका अध्यक्ष पटेलले बताउनुभयो । आज वीरगन्जदेखि शुरु भएको यो विरोध प्रदर्शन देशभरी नै गर्ने उहाँले जानकारी दिनुभयो ।

आजको विरोध प्रदर्शनमा परिषदका महासचिव अनिरुद्ध सिंह, कोषाध्यक्ष सञ्जय सर्राफ, केन्द्रीय सदस्य सुरेश साह कानु, सचितानन्द दुवे, लालबाबु कुर्मी, भरत सर्राफ, श्रीराम उपाध्याय, पर्सा जिल्ला अध्यक्ष हरेन्द्र पटेल, नगर अध्यक्ष प्रमोद सिंह लगायतको उपस्थिति रहेको थियो ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.