logo

पर्सामा थप ८ जनामा कोरोना संक्रमण भएको पुष्टि ,सर्तक रहन स्वास्थ्य बिज्ञको  आग्रह

      6/8/2020 गते 00 00 मा प्रकाशित     1490   पटक पढिएको

पर्साको जगरनाथपुर गाउँपालिकाका ८ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिनु भयो  ।

 

गाउँपालिकाको क्वारेन्टाइनमा बसेका ३४ जना व्यक्तिहरुको थ्रोट स्वाब पिसिआर परिक्षण गर्दा ८ जनाको रिपोर्ट पोजेटिभ आएको उहाँले बताउनु भयो  ।

 


उनीहरु केही समय अघि भारतबाट फर्किएका थिए । भारतबाट आएका ३३ जना र उनीहरुको सम्पर्कमा आएका थप १ गरी जम्मा ३४ जना क्वारेन्टाइनमा रहेका थिए । संक्रमण पुष्टि भएका सबैलाई बीरगन्ज ल्याउने तयारी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी  बस्नेतले जानकारी दिनु भयो  ।

 


पछिल्लो पटक भारतबाट स्वदेश फर्किएका नेपालीमा  कोरोना संक्रमणको पुष्टि भएको छ । स्वदेश आउने सबैलाई  व्यवस्थित क्वारेन्टिनमा राख्न सकिएन भने अवस्था ज्यादै जोखिमपूर्ण बन्ने अवस्था छ ।  

 

चेकजाँच गर्ने  सामाग्री एवं उपकरणको व्यवस्था पनि त्यही मात्रामा गर्न सक्नु पर्छ ।  सबै सरोकारवाला निकाय, जिम्मेवार व्यक्तिहरू र आम नागरिक समेत बेलैमा गम्भिर र सर्तक हुनु पर्नेमा स्वास्थ्य बिज्ञले आग्रह गरेका छन ।

 

आपसी सहयोग, समन्वय र सहकार्यमा काम गरे अझै पनि यसलाइ रोकथाम, नियन्त्रण र व्यस्थापन गर्न सकिने अवस्था रहेको उनीहरुको ठहर छ ।

 

कोरोना भाइरसको संक्रमणको जोखिम उच्च भएकोले लक डाउनको पालना गरी घरमै बस्नुहोस्, भेटघाट, जमघट पटक्कै नगर्नुहोस । केहि अति आवश्यक काम परि बाहिर निस्कन परे स्वास्थ्य र सुरक्षा सम्बन्धी सबै सतर्कता अपनाउन समेत सुरक्षा निकायले अपिल गर्दै आएको छ  ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.