logo

पर्सामा थप ८ जनामा कोरोना संक्रमण भएको पुष्टि ,सर्तक रहन स्वास्थ्य बिज्ञको  आग्रह

      6/8/2020 गते 00 00 मा प्रकाशित     1325   पटक पढिएको

पर्साको जगरनाथपुर गाउँपालिकाका ८ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिनु भयो  ।

 

गाउँपालिकाको क्वारेन्टाइनमा बसेका ३४ जना व्यक्तिहरुको थ्रोट स्वाब पिसिआर परिक्षण गर्दा ८ जनाको रिपोर्ट पोजेटिभ आएको उहाँले बताउनु भयो  ।

 


उनीहरु केही समय अघि भारतबाट फर्किएका थिए । भारतबाट आएका ३३ जना र उनीहरुको सम्पर्कमा आएका थप १ गरी जम्मा ३४ जना क्वारेन्टाइनमा रहेका थिए । संक्रमण पुष्टि भएका सबैलाई बीरगन्ज ल्याउने तयारी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी  बस्नेतले जानकारी दिनु भयो  ।

 


पछिल्लो पटक भारतबाट स्वदेश फर्किएका नेपालीमा  कोरोना संक्रमणको पुष्टि भएको छ । स्वदेश आउने सबैलाई  व्यवस्थित क्वारेन्टिनमा राख्न सकिएन भने अवस्था ज्यादै जोखिमपूर्ण बन्ने अवस्था छ ।  

 

चेकजाँच गर्ने  सामाग्री एवं उपकरणको व्यवस्था पनि त्यही मात्रामा गर्न सक्नु पर्छ ।  सबै सरोकारवाला निकाय, जिम्मेवार व्यक्तिहरू र आम नागरिक समेत बेलैमा गम्भिर र सर्तक हुनु पर्नेमा स्वास्थ्य बिज्ञले आग्रह गरेका छन ।

 

आपसी सहयोग, समन्वय र सहकार्यमा काम गरे अझै पनि यसलाइ रोकथाम, नियन्त्रण र व्यस्थापन गर्न सकिने अवस्था रहेको उनीहरुको ठहर छ ।

 

कोरोना भाइरसको संक्रमणको जोखिम उच्च भएकोले लक डाउनको पालना गरी घरमै बस्नुहोस्, भेटघाट, जमघट पटक्कै नगर्नुहोस । केहि अति आवश्यक काम परि बाहिर निस्कन परे स्वास्थ्य र सुरक्षा सम्बन्धी सबै सतर्कता अपनाउन समेत सुरक्षा निकायले अपिल गर्दै आएको छ  ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

आर्थिक रूपमा कमजोर महिलालाई जिल्ला स्तरीय समितिबाट राहत सहयोग प्रदान

वीरगंज । पर्साको वीरगंजमा  घटेको एक दुःखद घटनापछि आर्थिक रूपमा अत्यन्त कमजोर अवस्थामा रहेकी एकल महिलालाई राहत स्वरूप नगद सहयोग प्रदान गरिएको छ।

थारू संस्कृति प्रवर्द्धनका लागि चौधरीको संयोजकत्वमा वीरगञ्जमा माघी मूल समारोह समिति गठन

पर्सा जिल्लाको वीरगञ्जमा थारू समुदायको महान् पर्व माघी (खिचडी) २०८२ लाई सभ्य, सुसंस्कृत र भव्य रूपमा मनाउने उद्देश्यले नयाँ मूल समारोह समिति गठन गरिएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.