इसीमाना संवाददाता
वीरगन्ज, २६ जेठ । कोरोना भाईरस संक्रमण परीक्षणका लागि वीरगन्ज महानगरपालिकामा १३५० भिटीएम र १०० थान आरडिटी किट आईपुगेको छ ।
महानगरपालिकाले आफैले पीसीआर मेशिन खरिद गरेर प्रयोगशाला स्थापना गर्न शुरु गरेपछि त्यसका लागि आवश्यक भीटीएम र आरडीटी किट सोमबार वीरगन्ज मानगरपालिकामा आईपुगेको हो ।
पीसीआर मेशिनको बोलपत्र आह्वान भईसकेको र छिट्टै पीसीआर मेशिन आईपुग्ने भएपछि भीटिएम र आरडिटी किट मगाई सकिएको वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले जानकारी दिए ।
अब छिट्टै पर्सावासीको कोरोना परीक्षण गरि पर्सा जिल्लालाई ग्रीनजोनमा ल्याउने नगरप्रमुख सरावगीले दावी गरे ।
तपाईको प्रतिक्रिया